वीरगन्ज,१५ भदौ
जनता समाजवादी पार्टीका नेता एवं वीरगन्ज महानगरपालिका प्रमुख विजय कुमार सरावगीको बुवा चिरञ्जीवीलाल सरावगीको निधनप्रति जनता समाजवादी पार्टी पर्साले पनि शोक व्यक्त गरेको छ ।
जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष राजेशमान सिंहले एक प्रेस बिज्ञप्ती जारी गर्दै मृतकको दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन ।
स्व. चिरञ्जीवीलाल सरावगीको ७८ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । सोमवार राती १२ बजे काठमाण्डौ ग्राण्डी अस्पतालमा उहाँको निधन भएको हो ।
गएको साउन २२ गते उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उहाँलाई उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
साउन २४ गते गण्डी अस्पतालमा भर्ना हुनु भएका उहाँ भदौ दुई गते कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो ।
। मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उहाँको अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । उहाको भदौ १५ गते विहान १० वजे काठमाडौं स्थित पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको छ ।
वीरगन्जमा २००० सालमा जन्मनु भएका सरावगी समाजसेवीको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँ लेवीरगन्ज उधोग बाणिज्य संघको पुर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगाएत धेरै सामाजिक संघ संस्थाको नेतेत्व गरिसक्न भएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।