Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

श्रीमतीलाई माइत पुर्‍याइदिएको झोकमा वडासदस्यको सहयोगमा अपहरण

न्युजडेस्क न्युजडेस्क
१४ भाद्र २०७७, आईतवार
श्रीमतीलाई माइत पुर्‍याइदिएको झोकमा वडासदस्यको सहयोगमा अपहरण
9
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ का बसन्त लामा ठेकेदार हुन् भने भरतराज भण्डारी पोखरा उपमहानरपालिका– २३ का वडा सदस्य । लामाले खहरेखोस्थित एउटा पुलको ठेक्का लिएर काम गरिरहेका छन् ।

निर्माणधीन पुलका सुपरभाइजर हुन्, टिकाराम भण्डारी । पुल बनाउने ठेकेदार भएका कारण लामाको वडा सदस्यसँग त्यहिँ चिनजान भएको हो । यी तीनैजना यतिबेला अपहरण आरोपमा पक्राउ परेका छन् । 

पोखरा उपमहानगरपालिका–२३ का २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले सापकोटाको अपहरणमा संलग्न उनीहरुलाई पोखरा महानगरपालिका–२३ स्थित लामाको कोठाबाट पक्राउ गरेको एसपी श्रेष्ठले बताए । 

भदौ ८ गते सापकोटालाई उनीहरुले पोखरा महानगरपालिका–२३ खहरेखोलास्थित निर्माणधीन पुलबाट नियन्त्रणमा लिई मोबाइल खोसेर कुटपिट गर्दै बा १४ च ८२७९ नम्बरको कारमा राखेर भाडामा बस्दै आएका लामाको फ्ल्याटमा लगेर थुनेका थिए ।यो पनि…

वडा सदस्य र ठेकेदार मिलेर अपहरण, तीनजना पक्राउ

वसन्त लामा सापकोटाको छिमेकी समेत हुन् । बिहीबार हातमा हत्कडी लगाएर सापकोटाको अपहरण अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्दै थियो ।

सापकोटालाई विश्वास नै थिएन– यति मिल्ने र भरपर्दो साथीले आफ्नै अपहरण गर्ला भनेर । उनले विश्वास नगरे पनि प्रहरीले अपहरणको मुख्य योजनाकार लामा भएको दावी गरिसकेको छ । 

लामाको श्रीमतीसँग बेला–बेला झगडा भइरहन्थ्यो, त्यो कुरा सापकोटाले नजिकबाट देखिरहेका हुन्थे । भदौ ७ गते पनि उनीहरुको झगडा भयो । झगडापछि लामाको श्रीमती माइती जान भनेर निस्किइन् । 

बाटोमा सापकोटालाई भेटिन् । सापकोटा दुधको गाडी चलाउँछन् । आफूलाई माइत पुर्याइदिन भन्दै सापकोटालाई अनुरोध गरिन् । सापकोटाले पोखरा उपमहानगरपालिका–३१ स्थित ताल्चोकमा पुर्याइदिए । 

‘सापकोटाले लामाको श्रीमतीलाई माइत पुर्याएको घटनाबाट अपहरण भएको देखिन्छ,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले रातोपाटीसँग भने, ‘लामालाई आफ्नी श्रीमती सापकोटासँग नजिक हुँदै गएको शंका लागेको हुनसक्छ ।’

सापकोटाले आफ्नी श्रीमतीलाई माइती लगिदिएको खबर लामाले जब थाहा पाए त्यसपछि के नाताले माइत छोडिदिएको भनी दुवैको सम्बन्धबारे सोधीखोजी गर्न सापकोटाको अपहरणको योजना बनाए । 

सापकोटालाई अपहरण गर्न लामाले वडासदस्य र आफ्ना सुपरभाइजरलाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता हमालले बताए । सापकोटालाई तीन दिनसम्म बन्धक बनाएर राखे । 

जब प्रहरीसमक्ष सूचना पुग्यो
११ भदौमा अर्थात तीन दिनपछि कास्की प्रहरीमा ‘महादेव सापकोटा’ हराएको खबर पुग्यो । प्रहरीले समेत सुरुमा अपहरण होला भन्ने सोचेको थिएन । अनुसन्धान गर्दै जाँदा लामाको श्रीमतीलाई सापकोटाले माइत लगिदिएको खबर पायो । 

अनि प्रहरी लामाको कोठा खोज्न सुरु गर्यो । सापकोटा हराएको सूचना पाएको एक घण्टाभित्रमै प्रहरीले लामाको कोठा पत्ता लगाएको प्रवक्ता हमाल बताउँछन् । 

‘जब लामाको कोठामा खानतलासी गरियो, सापकोटालाई अर्को कोठामा थुनेर राखेको थियो,’ प्रवक्ता हमालले भने, ‘लामासँगै वडासदस्य र सुपरभाइजर भने अर्कै कोठामा थिए ।’

आफ्नी श्रीमतीलाई माइत पुर्याइदिएकोमा आक्रोशित भएका लामाले सापकोटामाथि विभिन्न शंका गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनीहरुमाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्दामा कास्की जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिन थप गरी अनुसन्धान भइरहेको छ ।
 #अपहरण



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१४ भाद्र २०७७, आईतवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ भाद्र २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ भाद्र २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ भाद्र २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ भाद्र २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ भाद्र २०७७, आईतवार
Next Post

जसपा पर्साका अध्यक्ष सिंहद्वारा स्व. सरावगीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

58 mins अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी