लाल विहारी यादव
सिरहाको लक्ष्मिपुर पतारी गॅाव पालिका वडा नं.६को स्वर्गीय किसकुमार सदायको परिवारलाई माँ बौकिदेवी युवा क्लव सीतापुरले किरिया खर्च सहयोग गरेका छन् ।वैदेशिक रोजगारमा विभिन्न मुलुकमा खटिएका सितापुरका करिव ८० जना युवाहरुले अाफ्नो तलब ज्यालाबाट केही रकम क्लवको नाममा जम्मा गरेर उक्त रकमबाट विभिन्न संकटमा परेका गरिव दलितहरुलाई अार्थिक सहयोग गर्दै अाइरहेका छन्।२५किलो दाल,५ किलो मुरही,१० किलो अालु,५लिटर खानेतेल ५ पैकेट पाँपड,१ किलो विभिन्न मसला,१ किलो चिप्स ,५किलो नून र रु.२१०० नगद मृतक सदाकि पत्नी सितादेवी सदालाई विहिवार जिम्मा लगाइएको छ।समानान्तर पदीय अोहदामा रहि युवाहरु अरबिन्द साह,संजयकुमार साह,सुरेस साह,पंकज गुप्ता ,राकेश पासमान,उमेश पासमान,सुन्दर पासमान,शिवराम यादव,राकेश यादव लगायतको सक्रियतामा उक्त किरिया खर्च प्रदान गरिएको हो।सदायको यहि गत भदौ ६ गते शनिवार ३१ बर्षकै उमेरमा अाफ्नै कालगतिले मृत्यु भएको थियो तर सदायले मृत्युको १ दिन पहिले घरेलु मदिरा सेवन गरेको उनको पत्नी सिताले भनीन् ।सदायका विधवा अामा १ भाइ , नवालक १ छोरा र पत्नी छन।
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy