सिरहा। केही दिन अघि कमला नदिबाट ढुंगा उत्खनन बिषयमा भएको मारपिट सम्बन्धि दोषीलाई कडा कार्वाही नगरेको भन्दै जनता समाजवादी पार्टी कर्जन्हाले बन्दिपुरमा पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति जारी गरेको छ
दोषिहरुलाई कार्यवाही नगरेको भन्दै जनता समाजवादी पार्टि कर्जन्हाले कमला नदीवाट ढुङ्गा उत्खनन विषयमा भएको मारपिट सम्वन्धि वन्दिपुर मा पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ति जारी गरेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ कर्जन्हा नगरपालीका वडा नं. ३ का वडा अध्यक्ष कपिलेश्वर यादवकै मिलोमतोमा नदिउत्खनन भईरहेको र यस्तो गैर कानुनि कार्यलाई निरुत्साहित गर्नुको साटो प्रहरीहरु दोषिहरुलाई कार्यवाही नगरी खुलेआम ददागिरी शैलिमा नदि उत्खनन कार्य गरिरहेको छ ।
कर्जन्हा नगरपालीका विगतमा पनि हुल हुज्जतको राजनितिगर्ने अखडाको रुपमा परिचितरहेको उल्लेखगर्दै त्यसतैकार्यलाई निरन्तरतादिने प्रयास भईरहेको तर अव यस्ता किसिमको कार्यलाई निरुत्साहित पार्ने साथै निरुत्साहित गर्न आम जनतासंग अपिल समेत गएिको छ ।
उक्त मार पिट घटनामा जितेन्द्र यादव र क्षेत्रलालजित सिंह घाईते भएकाथिए जितेन्द्र यादव र क्षेत्रलाजित सिंहको उपचार पछि घर फर्किसकेको उल्लेख गरिएको छ ।