वीरगन्ज,९ भदौ /

नेपाल पत्रकार महासंघ बाराका सदस्य सबदर हुसेनमाथि भएको दुर्ववहार प्रति नेपाल पत्रकार महासंघ बाराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत हुसेन सोमबार राति १० बजे घर जाने क्रममा वीरगन्ज २१ परवानीपुर फार्म रोडका दुई तिन जना युवाले राति बाटोमा रोकेर दुर्ववहार गरेपछी महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

संचारकर्मी हुसेनलाई दुर्ववहार गर्नलाइ कडा शब्दमा भत्सर्ना गर्दै दुर्ववहार कार्यमा संलगनलाइ कानुनी दायरामा ल्याइ कार्वाही गर्ने माग गरेको छ ।

दैनिक जस्तै आफ्नो काम गरेर घर जाने क्रममा बिना कुनै गलती मनोमानी तरिकाले सन्चारकर्मीलाइ गाली गलौज र दुर्ववहार गर्नु प्रेस स्वतन्त्रता बिरोधी भएकाले यस्ता गतिविधि गर्नेलाई नेपाल पत्रकार महासंघ बाराले कार्वाहीको माग गरेको छ ।

साथै अब यस्ता क्रियाकलाप नगर्ने , महामारीको समयमा सुरक्षीत भयरहित आफ्नो कार्य गर्ने दिन आग्रह गरेको छ ।

सम्वन्धित समाचार :