परवानीपुर ,७ भदौ /
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर २ रामपुर टोकनीका एकजना केही दिन अगाडि नियमित उपचारका लागि भरतपुर पुगे ।
उनले उपचारको क्रममा आफ्नो पिसिआर परिक्षण गराउनलाई त्यहीँ स्वाब संकलन गराए । तर त्यहा उपचार गराएर फर्किदा सम्म रिपोर्ट आएन ।
उपचार गराएर फर्किएकै एकदिन पछी उनको रिपोर्ट पोजेटिभ आएको खबर आयो ।
त्यसपछि उनी कोभिड अस्पतालमा पुग्नलाइ गाउँपालिका अध्यक्ष हरिनारायण साह सहित केही जनप्रतिनिधिलाई सहयोग गर्ने र एम्बुलेन्सको पहल गर्ने आग्रह गरे ।
तर उनलाइ त्यसबेला कसैले सहयोग नगरेपछि शनिबार आफ्नो परिवारका सदस्यकै सहयोग आफ्नै सवारीबाट वीरगन्जको हेल्थ केयर कोभिड अस्पतालमा भर्ना गराउन पहल थाले । तर त्यहा उनलाइ भर्ना गर्ने नमानेपछी उनी घर फर्किएको उनका आफन्त बताउँछन ।
संक्रमितका आफन्तका अनुसार अस्पताल भर्ना गर्ने नमानेपछि पुन कलैयाको गँगापुरको कोभिड अस्पताल (आइसोलेसन )मा पुगे ।
तर त्यहा पनि गाउँपालिका अध्यक्ष साह सहयोग नगरेपछि गाउँपालिकाका केहि युवाले समाजिक संजालको स्टाटसको दबाबमा आइतबार ढिलो भएपनि अस्पतालमा भर्ना गराउन सफल भएका छन ।
युवाले समाजिक संजालमा गाउँपालिका अध्यक्ष साहले संक्रमितलाइ सहयोग नगरेको भन्दै जनाए ।
युवाले आक्रोसित स्टाटस हालेको केहि समयमा गाउँपालिका अध्यक्ष आफूले पहल गरेर सहयोग तर संक्रमितले नै नबुझेको भनेपछी युवाहरु उनलाइ झुठो बोलेको भन्दै चुपचाप लगाएका छन ।
हेरौं समाजिक संजालको टिप्पणी सहित