कोरोना संक्रमणबाट आज थप एक वृद्ध मृत्युको भएसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्युको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिकाका वडा नं. ४ का ६८ वर्षिय पुरुष रहेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । पीसिआर टेष्टसँगै सिरहामा कोरोना पोजेटिभको संख्या समेत बढ्दै गएको छ । आजै मात्र सिरहामा २२ जना प्रहरी सहित ४२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएको छ । आज थपिएको ४२ जना सँगै सिरहमा १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु जिल्लाका आईशोलेशन र होम आईशोलेशनमा रहेको जनाएको छ । सिरहामा जम्मा ३ सय १४ जना कोरोना संक्रमित भएको छ । जसमध्ये २ सय २५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । सिरहामा समुदायस्तरमै कोरोना संक्रम फैलिएपछि दैनिक कोरोना पोजेटिभ रिपोर्टहरु आईरहेको छ । जिल्लाका १७ वटै स्थानीय तहहरु मध्ये धनगढीमाई नगरपालिकाले १० नं. वडा सिल गरे पनि अन्य स्थानीय तहले लकडाउन घोषणा मात्र गरेका छन् । स्थानीय तहको वेवास्ताको कारण लकडाउन प्रभावकारी कार्यान्वय हुन नसक्दा संभावित खतरा बढेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।
© 2024: Sima Post | All right reserved | Privacy Policy