सिरहा । सिरहामा प्रहरी निरिक्षक सहित ४२ जना कोरोना संक्रमित थपिए निरिक्षक सुमित कुसवाहा सहित २२ जना प्रहरी, ९ जना थुनुवा र भारतको नयाँ दिल्लीबाट फर्किएर पशुपति आदर्श माध्यमिक विद्यालय लहान क्वारेनटाईनमा बस्दै गरेको एक जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । यस्तै धनगढीमाई नगरपालिकाको नैनपुर स्वास्थ चौकीमा कार्यरत २ जना स्वास्थ्कर्मी, कन्ट्रयाक्ट ट्रेसिंगमा परेका १ जना महिला र १ जना पुरुष गरि ४ जना कोरोना संक्रमित भएको हो । यस्तै मिर्चैया नगरपालिकामा कार्यरत ४ जना कर्मचारी, गोलबजार नगरपालिकाका १ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी कोरोना संक्रमित भेटिएको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । संक्रमित सबैलाई आईसुलेशनमा लाग्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख यादवले बताएकाछन् । यसअघि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु जैसवाल, ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरिक्षक जनक पुरी कोरोना संक्रमित भएका छन् । स्वाब संकलन भएका एकको मृत्यु यता सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय बृद्धको कोभिड संग मिल्दो जुल्दो लक्षण देखा परेपछि गत भाद्र २ मा स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएको वृद्धको भोलीपल्टै (भाद्र ३ मा) मृत्यु भएको थियो । मुत्यु भएका बृद्धको भाद्र ३ गते नै हिन्दु रितिरिवाज अनुसार दाहसंसकार गरिसकेको हो । यता कोरोना जाँचको लागि संकलित स्वाबको नजितामा उनी कोरोना संक्रमित देखिएको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सिरहा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । सिरहा जिल्लामा कोरोना संक्रमित १३८ जना चन्द्र माध्यमिक विद्यालय सिरहा र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा उपचाररत रहेको छ ।

सम्वन्धित समाचार :