जितेन्द्र यादव
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पहिचानको आधारमा १०ं१ को संघिय ब्यवस्था, पहिचान र सामर्थको आधारमा शक्तिको बाँडफाड, नेपाली सेनामा कम्तिमा १० हजार सेनाको सामुहिक प्रवेश गराउने, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्ष राज्य, जातीय मुक्तिको लागि संघियता तथा वर्गीय मुक्तिको लागि समाजवाद, नेपाललाई ‘स्विजरल्याण्ड’ बनाउने सपना नेपाली जनतालाई देखाएका थिए ।

समानता तथा समता मुलक समाजवाद जस्ता अनेकौं नाराहरु दिएर हजारौं नेपाली जनताले दिएको वलिदानीको मर्म र भावना माथि कुठाराघात गरे । अहिले आएर पुष्प कमल दहालले जसरी आफ्ना जनयुद्धका समकक्षीहरु डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र चन्द विप्लवलाई एउटा टिभी अन्र्तवार्तामा भावुकता साथ सम्झेका छन्, त्यो उहाँको साँचिकै भावुकता नै हो कि ‘गोहीको आँसु?’ या आफैले नेतृत्व गरेको जनयुद्ध पश्चातको पश्चताप ?

सोझा नेपाली जनता जसले जनयुद्ध पश्चात आफ्नो जीवनमा तात्विक परिवर्तन आउला भनि आशंका साथ जनयुद्धमा होमिएका थिए ती जनतालाई नैराश्यता हात लागेको छ ।

यस्तो अवस्थामाका.प्रचण्डले प्रायश्चित गर्नु उपयुक्त होला । तर आफ्नो नाटकिय स्वभाव र ‘वोलाटायल’ स्वभावका धनी प्रचण्डले आफ्ना समकक्षीहरुलाई भावुक भएर सम्झनु प्रचण्डको नाटकिय स्वभावको अर्को कडी कै रुपमालिनु बुद्धिमत्ता हुने छ ।

नेपाली जनतालाई एउटा समाजवादी राज्यको विशेषतामा अगाडी बढाउन कुनै दल सक्षम हुनेछ भने त्यो हो जनता समाजवादी पार्टी, नेपाल । जसपाको विधान र घोषणापत्र मात्रै होइन अपितु हरेक नेता-कार्यकर्ता समाजवादी चिन्तनले ओतप्रोत रहेका छन् र भविष्यमा आफ्नो पवित्र उद्देश्यलाई आमजनताको जीवनमा अनुवाद गरेर समेत देखाउन ललायित रहेको छ ।

म त भन्छु, प्रचण्डजी ले आफ्ना पुराना मित्र डा. बाबु रामजीलाई साँचिक्कै सम्झिनु भएको छ भने बरु उहाँ जनता समाजवादी पार्टीमा समाहित भएर उत्पीडनमा पारिएका नेपाली जनताको सेवा गर्न उद्यत हुनु पर्छ। तसर्थ प्रचण्ड पनि जसपामा समाहित हुँदा राम्रो हुने थियो ।

देशलाई अहिलेको बिकराल अवस्थामा पुर्‍याउने बिभिन्न पात्र मध्ये एक प्रमुखपात्रको रुपमाका प्रचण्डलाई आमजनताले चित्रित गरि रहेको छ ।

लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् ।

सम्वन्धित समाचार :