Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रधानमन्त्री ओलीले कार्यशैली सच्याए राजीनामा नदिए पनि हुने गरी नेकपा विवाद समाधानतिर

न्युजडेस्क न्युजडेस्क
४ भाद्र २०७७, बिहीबार
प्रधानमन्त्री ओलीले कार्यशैली सच्याए राजीनामा नदिए पनि हुने गरी नेकपा विवाद समाधानतिर
31
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने प्रसंग सकिएसँगै नेकपाको विवाद पनि समाधानको बाटोमा गएको छ।

बुधबार साँझ एपी वान टेलिभिजनमा प्रसारित द ब्रेभ डेल्टा सो  कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले कुनै पनि पदबाट राजीनामा नदिन नपर्ने बताएका थिए।

आफूहरूले विगतमा पनि राजीनामालाई प्रमुख मुद्दा नबनाएको उल्लेख गर्दै प्रचण्डले विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावलाई स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लैजाने बताएका थिए।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारीको खाका बनाउने समेत उनको भनाइ थियो। 

यसअघि स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीइतर समूहले ओलीले दुबै पदबाट राजीनामा दिनु पर्ने माग गरेका थिए। एक पदबाट राजीनामा नदिए त हुँदै नहुनेसमेत उनीहरूको अडान थियो।

स्थायी कमिटी बैठकबाटै यसको छिनोफानो हुनुपर्ने पक्षमा उनीहरु रहेपछि प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा साउन १३ गते स्थायी कमिटि बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए।

सोही दिन प्रचण्डले ओलीइतर पक्षका २९ जना स्थायी कमिटी सदस्यको बैठक सञ्चालन गरेका थिए। त्यसयता स्थायी कमिटी बैठक बसेको छैन, अब कहिले बस्ने भन्ने पनि टुंगो छैन।

साउन ३२ गते प्रधानमन्त्री ओलीले पाँच दिनमा पार्टीभित्रको सिनारियो चेञ्ज हुने दाबी गरेका थिए।

त्यसयता नेकपाभित्रको विवाद तरिकाले समाधानको बाटोमा अगाडि बढेको छ।

साउन २९ गते प्रधानमन्त्री ओली र प्रचण्डबीच ८ दिनपछि बालुवाटारमा भेट भयो। अर्को दिन विवाद समाधानका लागि उनीहरूले ६ सदस्यीय कार्यदल बनाए। कार्यदलले पार्टीको विवाद समाधानका लागि विभिन्न विकल्पमा छलफल गरेको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि कार्यदल बन्नु भनेकै अब राजीनामाको प्रसंग सकियो भन्ने रहेको बताए।

‘कार्यदल बनाउने भनेको त्यही त हो नि। कार्यदल बन्नासाथ त्यसबाट राजीनामा दिने भन्ने आधार सकियो,’ उनले भने, ‘कार्यदलले ल्याउने प्रतिवेदन र त्यसको लागू गर्ने प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय महत्वपूर्ण हुन्छ।’

पार्टीका बैठकमा बोल्ने क्रममा विभिन्न खालका धारणा आएको भए पनि ‌औपचारिक रूपमा राजीनामाको प्रसंग कहिले पनि नआएको उनको भनाइ छ।

वरिष्ठ नेता माधव नेपाल पनि अहिले प्रधानमन्त्री ओलीले राजीनामा नदिइकनै समस्याको समाधान खोज्नु पर्ने निष्कर्षमा पुगेको नेपाल निकटका एक नेताले सेतोपाटीलाई बताए।

त्यसो त ६ सदस्यीय कार्यदलमा २ जना नेपाल निकटका स्थायी कमिटी सदस्य छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेकै कारण कार्यदलका लागि सदस्य सिफारिस गरेको स्रोतको दाबी छ।

‘उहाँले दुबै वा एक पदबाट राजीनामा दिने विषय तत्कालका लागि टरेकै जस्तो देखिएको छ। कतिबेला उहाँले कसलाई कुन नियुक्ति गर्नुहुन्छ अनि फेरि राजीनामाको प्रसंग आउँछ होला। उहाँले यो विषमा अहिले केही नबोल्ने सोच बनाउनुभएको छ,’ नेपाल निकटका एक नेताले भने,’अहिलेको समस्या समाधान गर्नुपर्छ भन्नेमा उहाँ गम्भीर हुनुहुन्छ। यसको परिणाम के आउँछ त्यो पनि हेर्नु पर्नेछ। राजीनामा गर्न नपर्ने गरी नै कार्यदलले प्रतिवेदन ल्याउँछ होला।’

प्रधानमन्त्री सच्चिन तयार भएमा मात्रै राजीनामाको प्रसंग तत्कालका लागि स्थगित हुने एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।

‘अहिले कार्यदलले काम गरिरहेको छ। यही बेलामा प्रधानमन्त्रीले के-के राजनीतिक नियुक्ति गर्नुभयो। त्यसमा हामीले गम्भिर आपत्ति जनाएका छौं। यस्तो हो भने कार्यदलले काम गर्न छोड्छ भनेपछि अलि सचेत हुनुभएको छ,’ उनले भने,’फेरि त्यस्तै भयो भने कार्यदल सार्यदलले काम गर्दैन भनेका छौं। संघर्षले एउटा नयाँ रूप लिन्छ। समस्या समाधान भइहाल्छ भन्ने विश्वासिलो वातावरण अझै बनेको छैन।’

प्रधानमन्त्रीले आफ्नो रवैया सच्याउन तयार भएमा मात्रै सहमति हुन सक्ने ती सचिवालय सदस्यको तर्क छ।

‘राजीनामा गर्न\पर्ने नपर्ने कुरा उहाँको रवैयामा भर पर्छ। सबै कुराको विश्वास भयो भने मात्रै समाधान निस्कन्छ,’ उनले भने,’भन्न त उहाँले अब यस्तो गर्दिनँ भन्नुभएको छ। त्यसैले अहिले नै राजीनामा टरिसकेको भन्ने होइन।’

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले टालटुल पारेकै भरमा पार्टीको विवाद समाधान नहुने बताइन्। यद्यपी पार्टीबाट सरकार चल्ने विषयलाई प्रधानमन्त्रीले स्वीकारे समस्या समाधान हुने उनको भनाइ छ।

‘यत्तिकै विवाद टुंगियो भन्ने हुँदैन। उहाँले निकालेको बेथितिको समाधान हुनपर्छ। यतिकै टालटुल पारेर विवाद समाधान भयो भन्ने हो भने फेरि यस्तै समस्या दोहोरिन्छ,’ उनले भनिन्,’पार्टीबाट सरकार चल्ने,पार्टीका कुरा सरकारले सुन्ने अनि राजनीतिक नियुक्ति सल्लाहमा भयो भने समस्या समाधान हुन्छ।’

राजनीतिक नियुक्ति मनपरी गर्न नहुने,विवादित र बिचौलियालाई नियुक्ति दिन नुहनेसमेत उनले बताइन्।

‘हामीले उहाँलाई निकाली हालौं, भित्तामा पुर्‍याऔं भनेको होइन। उहाँकै स्वभावले त्यहाँ पुगेको हो। जथाभावी नगरेको भए त्यो स्थिति आउने थिएन,’ उनले भनिन्, ‘अब उहाँले आफ्नो शैली व्यवहार सच्याउन पर्‍यो। पार्टी छ, पार्टीभन्दा ठूलो केही पनि छैन भन्ने सोचमा उहाँ पुग्नुपर्छ।’

पार्टीले सरकार चलाउने विषयलाई ग्यारेन्टी गरेर कार्यदलले प्रतिवेदन ल्यायो भने सहमति हुने उनले बताइन्।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

४ भाद्र २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

४ भाद्र २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

४ भाद्र २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

४ भाद्र २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

४ भाद्र २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

४ भाद्र २०७७, बिहीबार
Next Post
विद्यालयका ब्यवस्थापक समिति नमुना काम पहिलो कार्य आठ हजार विरुवा रोपेर शुरुवात

विद्यालयका ब्यवस्थापक समिति नमुना काम पहिलो कार्य आठ हजार विरुवा रोपेर शुरुवात

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी