लहान :सिरहाको औरही गाउपालिका मा अख्तियारको टोलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकममा व्यापक अनियमितताको आशंका गरिएको छ । अनियमिता भएको गुनासो व्यापक आएपछि कागजात छानविनका लागि अख्तियारले नियन्त्रणमा लिएको छ । औरही गाउपालिकाले कोरोना भाइरस (कोभिड–१९) मा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि अख्तियारको टोली बर्दिवासले कागजातको प्रतिलिपि नियन्त्रणमा नियन्त्रणमा लिइ छानविन थालेको हो ।
सिरहाकोका स्थानिय तहमाहरुमा कोरोनाको नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेको थियो । औराही गाउपालोकाले समितिलाई २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको एकमुष्ट हिसाब सार्वजनिक गरेको थियो। गाउँपालिका प्रमुख सिद्धार्थ यादबले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा जनप्रतिनिधिका लागि करिब १२ लाख रुपैया निकालेर आफ्नो निजी खातामा राखेका छन् । यस्तै झुल खरिदमा समेत व्यापक रकम खर्च गरेको छ ।
पदाधिकारीको भत्तामा मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर कुन सामग्री कति खरीद गरिएको छ त्यो केही उल्लेख गरिएको छैन। गाउँ पालिकाले हिसाब सार्वजनिक गरेपछि भ्रष्टाचारको रहस्य खुलेपछि अख्तियारले चासो लिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणको नाममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले छापा मारेको हो ।