वीरगन्ज,३२ साउन/

बारा प्रहरीले भारत तर्फ जादै गरेको ट्रयाक्टर सहित अबैध केराउ बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गण्डक प्रसौनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवको सक्रियतामा
शनिबार अपरान्ह ३ बजे तस्करी भइरहेकोे एक ट्रयाक्टर केराउ बरामद गरेको हो ।

उनका अनुसार अवैध रुपमा भारततर्फ जादै गरेको अवस्थामा ना ६ त ४८१८ नम्बरको ट्रयाक्टर सहित ११ क्वीन्टल केराउ बरामद गरिएको हो ।

प्रहरी निरीक्षक यादवले विशेष सुराकीका आधारमा फेटा गाउँपालिका -१ रजवटिया टोलबाट अपरान्ह ३ बजेको समयमा ठूलो परिमाणमा केराउ बरामद गरेको बताए ।

उनले ठुलो मात्रामा बरामद गरिएको गाडी र केराउ आवश्यक कार्बाहीको लागी वीरगन्ज भन्सार कार्यालय पठाईएको बताए ।

सम्वन्धित समाचार :