मित्रदेव यादव 

पर्सामा निर्वाचित  ४ जना प्रतिनिधि सभा सदस्य  ८ जना प्रदेश सभा सदस्य र १४ स्थानीयतहका सरकार र पर्साका प्रमुख जिल्ला अधिकारी कुन दुलोमा लुकेर बसेका छन कि यहाँको निजि अस्पतालहरुले सामन्य बिरामिलाइ भर्ना नगरी अकालमै मृत्यु भइ रहदा पनि एक शब्द नबोल्नु कहाँ सम्मको  निरीह लाचारीपन हो ? के यिनिहरु सुखका लागि मात्र जनताका सेवक हुन्छन ? कोरोना महामारीमा पछिल्लो केही दिन यता देखि क्यौ जनाले उपचार नपाएर ज्यान गुमाएका छन । पर्सामा मात्र दुई/तीन दिनको अवधीमा ३/४ जनाले समयमा उपचार नपाएर  ज्यान गुमाएका छन । भने यहि अवधिमा कति ले घरमा छटपटाइरहेका छन  , त कतिले मर्न लागेका छन । आखिर कहाँ हरायो मानावता ? के पर्सेली जनताले निरीह र भ्रष्ट जनप्रतिनिधि छानेका छन ? यहाँका जिम्मेवार राजनिती दलका प्रमुखहरु किन बोली रहेका छैन ? अधिकार सम्प्न्न प्रमुख जिल्ला अधिकारी किन कार्वाही गर्न सकिरहेका छैनन् ? के यिनी सबैले  कहि कतै कमिसनको चक्करमा त फसेका छैन ?
तीन तहको सरकार छ भनेर अलि कति पनि महामारीमा अभास भइरहेको छैन । स्थानीय कोरोना लागेर व्यस्त छन त प्रदेश लुट्नमा व्यस्त छन त केन्द्र कुर्सी मै व्यस्त छ र यता जनता उपचार नपाएर मर्दै छन ।

कान खोलेर सुन सरकार – जनता रहे मात्र तिमिहरु रहन्छौ त्यस कारण आफनो जनतालाई उपचारमा सहयोग गर,भुखालाइ खाना देउ होइन भने जनताले श्राप लाग्ला ,पापा लाग्ला , सुध्रिनु तिमिहरु होइन भने कुनै दिन यहि जनताले लात पनि हानला । गरिबका लागि बोल्ने भनेर जितेका नेताहरु आज कुर्सीमा गए पछि अन्धो भइसकेका छन ।

कस्तो विडम्बना मनावता हराएको देश नेपालको वीरगन्ज ,पर्सा आज यहाँका जनता उपचारको पाउन नसकेर मरिरहेका छन र हाम्रा जनप्रतिनिधिहरु घरमा सुति रहेका छन र  अकालमै मान्छे मरेको समाचार सुनिरहेका छन । 
साच्चिकै पर्सेली जनता अभागी रहेका छन कि क्या हो ? यहाँकै मुख्यमन्त्री भएपनि यस्तो दुर्दशा जनताले भोगी रहेका छन ।

आज मैले एक जना प्रदेश सभा सदस्यजीसङ्ग कुरा गरे, तपाई र तपाइको सरकार केही बोली रहेको छैन ,केही गरिरहेका छन किन ? उहाँले भन्नू भो कि जनता पैसा लिएर वोट दिएका छन र जब सम्म जनातले निस्वार्थ आफनो प्रतिनिधि आफनो बिचार बिबेक पुर्याएर छान्नु पर्छ ,दारु मास र पैसा लिएर आफनो मत दिए पछी कोइ अगाडि आउदैन भनेर सुन्दा मलाइ केही हद सम्म ठिक लाग्यो तर यस्तो बिपत्तिमा यो कुराले धेरै दुखित बनायो ।

अब तपाई हामि सबै जनातले सोच्नु पर्छ कि हाम्रो प्रतिनिधि कस्तो ? समस्या परेको बेला लुकेर बस्नेवाला कि सके जति सहयोग गर्ने वाला । आउ सबै मिलेर निजि अस्पतालको बिरोधमा बोलौ ताकी जनताले उपचार पाओस ।

सम्वन्धित समाचार :