Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लेटाङ नगरपालिमा प्रतिबन्धित औषधिको डिलरनै सञ्चालन

न्युजडेस्क न्युजडेस्क
२४ श्रावण २०७७, शनिबार
लेटाङ नगरपालिमा प्रतिबन्धित औषधिको डिलरनै सञ्चालन
44
SHARES
137
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २४ साउन । मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट प्रहरीले गत आइतबारराति १० बजे २८ वर्षीय मनोजकुमार मगरलाई पक्राउ ग¥यो ।

को २ ह ६१७४ नम्बरको टेम्पोमा राखेर बेच्दै हिँड्ने क्रममा तीन सय १६ ट्याब्लेट ट्रामाडोल र तीन सय ८८ ट्याब्लेट डिकोलिक नामक नेपालमा बिक्रीको अनुमति नदिइएका प्रतिबन्धित औषधिसहित पक्राउ परे । नियन्त्रणमा लिनु अघि मगरले दुई युवालाई उक्त औषधि बिक्री गरिसकेको खुल्यो 

बरामद गरिएको औषधि मानव स्वास्थ्यका लागि लागुऔषध जत्तिकै हानिकारक मानिन्छ । मगरलाई औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएर अनुसन्धान थाल्दा औषधि झापाको दमकबाट खरिद गरेर ल्याएको खुल्यो ।

त्यस्तै प्रहरीले मोरङको बेलवारी नगरपालिका–६ सोमबारेमा रहेको सुशान्त टेक्निकल क्लिनिक नामक औषधि पसलबाट साउन ६ गते प्रतिबन्धित औषधिसहित तीन जनालाई पक्राउ ग¥यो । क्लिनिकका सञ्चालक १९ वर्षीय सुशान्तकुमार चौधरी र औषधि किन्दै गरेका बेलबारी–५ का २३ वर्षीय शिवजी चौधरी र सुनसरीको धरान उपमहानगरपालिकाका २१ वर्षीय किसनलाल थारु पक्राउ परे ।

पक्राउ परेकाको साथबाट १३ हजार छ सय ट्याब्लेट ट्रामाडोल, दुई हजार क्याप्सुल डेकोलिक, चार हजार क्याप्सुल स्पास्पाइन, नौ सय ६० क्याप्सुल प्रेगाउट किट लगायतका अरु धेरै प्रकारका प्रतिबन्धित औषधि बरामद भए । उनीहरुमाथि विभागले अनुसन्धान अघि बढाएपछि औषधि दमकबाटै खरिद गरेर ल्याएको खुल्यो ।

प्रहरीले झापा, मोरङ र सुनसरीबाट मात्रै पछिल्लो एक महिनामा विभिन्न प्रकारका प्रतिबन्धित औषधिसहित १५ जनालाई पक्राउ गरेर कारबाहीका लागि विभागमा बुझाइसकेको छ । पक्राउ परेकाहरुले दमकबाट खरिद गरेर ल्याउने गरेको बयान दिएपछि विभाग र प्रहरीको नजर त्यता सोझिएको थियो ।

त्यही सूचनाका आधारमा विभागको कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले बिहीबारसाँझ दमक नगरपालिका–७ का ३८ वर्षीय गंगाबहादुर खड्कालाई पक्राउ ग¥यो । अनुसन्धान अघि बढाउँदा खड्का पूर्वका विभिन्न सहरमा नेपालमै आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधिको ‘सप्लाई’ गर्ने मुख्य भूमिकामा रहेको खुल्यो । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार खड्काको दमक मेडिसिन डिस्ट्रीब्युटर्स नामक औषधिको होलसेल पसल छ ।

त्यही पसलको आडमा उनले भारतबाट अवैध रुपमा ल्याएर प्रतिबन्धित औषधि बिक्री गर्ने गरेको खुलेको छ । खड्काको घरमा छापा हान्दा लुकाईछिपाई राखेको अवस्थामा एक सय २० पत्ता ट्रामाडोल, ३० पत्ता जेनग्रा रेड, ९५ ट्युब लुलीगार्ड, चार सय बट््टा डर्मीकेम ओसी, १४ पत्ता प्रेगाउट किट, एक सय ४० पत्ता भिवेल फोर्ट र एक सय ५० ट्युब क्लोबेटा जिएम औषधि बरामद भएको कट्टेलको भनाइ छ । उनकाअनुसार प्रतिबन्ध लगाइएको र दर्ता नै नभएका कारण यी कुनै औषधि नेपालमा भित्राउन र बिक्रीवितरण गर्न पाइँदैन ।

जेनेग्रा रेड मानिसलाई यौन उत्तेजनामा ल्याउने र लुलीगार्ड, डर्मीकेम ओसी तथा क्लोबेटा जिएम छालामा प्रयोग गर्ने औषधि हुन् । त्यस्तै प्रेगाउट किट गर्भपतन गराउने र ट्रामाडोल क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने कट्टेलको भनाइ छ ।

अरु औषधिमा मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले ट्रामाडोल सरकारले नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको उनले बताए । कट्टेलका अनुसार १५ देखि ३० वर्ष उमेर समूहका युवाले यसको अत्याधिक प्रयोग गर्ने गरेको पाइएको छ । त्यही भएर अवैध रुपमा भित्रने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको उनले बताए ।

विशेष गरेर लागुऔषधका दुव्र्यसनीले पेट दुख्दा र नशाको दुखाईमा प्रयोग गरिने प्रिगाभालिन, डाइसाइक्लोमिन समेतका औषधिसँग मिसाएर ट्रामाडोलको सेवन गर्ने गरेको कट्टेलको भनाइ छ । प्रिगाभालिन र डाइसाइक्लोमिन भने नेपालमा बिक्री गर्न पाइन्छ । ‘ट्रामाडोलसँगै बरामद हुने यी औषधि दर्ता भएका आधिकारिक कम्पनीबाटै दुरुपयोग भइरहेको पाइएको छ,’ विभागका प्रमुख कट्टेलले भने, ‘त्यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन प्रक्रिया अघि बढाइएको छ ।’

उनकाअनुसार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेर प्रतिबन्धित औषधिसहित कारबाहीका लागि जिम्मा लगाएकाहरुमाथि अनुसन्धान अघि बढाउँदा यसको कारोबार हुने डिलरसम्म पुग्न सकिएको हो । ‘खड्काले अरु पनि प्रतिबन्धित औषध ‘स्टक’ गरेर राखेका हुन सक्छन्,’ उनले भने, ‘थप अनुसन्धान अघि बढाएर खोजी थालिएको छ ।’ पूर्वका विभिन्न सहरमा प्रतिबन्धित औषधि ‘सप्लाई’ गर्नेदेखि फार्मेसीहरुलाई अवैध औषधि उपलब्ध गराउनेसम्मको धन्दामा खड्काको संलग्नता पाइएको कट्टेलले बताए ।

खड्काविरुद्ध औषधि ऐन २०३५ अनुसार कारबाही गर्न अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए । ऐनको दफा १८ ले कुनै पनि औषधिको दुरुपयोग गर्न नपाइने र दुरुपयोग गरेमा कैद र जरिवानाको सजाय हुने व्यवस्था गरेको छ ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

२४ श्रावण २०७७, शनिबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

२४ श्रावण २०७७, शनिबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२४ श्रावण २०७७, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२४ श्रावण २०७७, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२४ श्रावण २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२४ श्रावण २०७७, शनिबार
Next Post

महामारीमा मनावता हराएको वीरगन्जको अवस्था

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

9 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी