Sima Post
No Result
View All Result
Sima Post
No Result
View All Result

तत्काल लकडाउन गर्दैनः सरकार प्रवक्ता

न्युजडेस्क न्युजडेस्क
२२ श्रावण २०७७, बिहीबार
तत्काल लकडाउन गर्दैनः सरकार प्रवक्ता
13
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्।  

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे।

उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए।

‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू गरेको छ।

यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ। सरकारले काठमाडौं उपत्यकामा पनि अप्ठ्यारो स्थिति आइपरेको जनाएको छ।

यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ।

त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले अपील गरेको छ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ श्रावण २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ श्रावण २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ श्रावण २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ श्रावण २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ श्रावण २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ श्रावण २०७७, बिहीबार
Next Post
सिरहामा कोरोना भाईरसको संक्रमण बाट मृत्युु

सिरहामा कोरोना भाईरसको संक्रमण बाट मृत्युु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result