भारत । चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक 17 बर्षे बालकले फाईल सेयरिंग एप बनाएको छ । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका 17 बर्षे अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप ‘डोडो ड्रप’ बनाएको छ जसमार्फत प्रयोगकर्ताहरूलाई दुई उपकरणहरूको बीचमा अडियो, भिडियो, फोटोहरू र टेक्स्ट्हरू इन्टरनेट बिना नै शेएर गर्न सकिन्छ । एएनआईसँग कुरा गर्दै अशफाक मेहमूदले भने कि ‘डोडो ड्रप’ चिनियाँ एप ‘SHAREit’ को विकल्प हो। “भारत सरकारले प्राइबेसी उल्लघनका कारण थुप्रै चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको छ र ती मध्ये ShareIt मा एक हो । चौधरीले भने, “प्रतिबन्धको कारण प्रयोगकर्ताहरूले फाईल शेएरिङगमा समस्या झेल्नुपरेको थियो, त्यसैले मैले यो फाईल-साझेदारी एप बनाउने निर्णय गरें। ‘डोडो ड्रप’ को साथ, प्रयोगकर्ताहरूले अडियोहरू, भिडियोहरू, फोटोहरू र टेक्स्ट्हरू पनि साझा गर्न सकिने उनले थप बताए । अशफाकले एप्लिकेसन बनाउन उनलाई चार हप्ता लागेको र यस वर्ष 1 अगस्तमा सार्बजनिक गरिएको पनि जानकारी गराए । ‘डोडो ड्रप’को 80 एमबीपीएसको ट्रान्सफर रेट छ जुन SHAREit भन्दा छिटो छ र प्रयोग गर्नको लागि धेरै सहज छ। भारतको सूचना प्रविधि मन्त्रालयले गत जुलाईमा 47 बटा र जुनमा 59 बटा एपहरूमा प्रतिबन्ध लगाएका थिए। यी प्रतिबन्धित क्लोनहरूमा SHAREit, लाइट, टिक्टोक लाइट, हेलो लाइट, BIGO LIVE लाइट, र VFY लाइट समावेश थियो। यी एपहरू भारतको सार्वभौमिकता र अखण्डताबिरोधी एबम सूचनाको चोरीमा संलग्न थिए भन्ने जानकारीको आधारमा प्रतिबन्धित गरिएको थियो। लगभग सबै प्रतिबन्धित चिनियाँ एपहरूरुचि चिनीयाँ हुन । (एएनआई)
© 2024: Sima Post | All right reserved | Privacy Policy