एजेन्सी : पाकिस्तानको पञ्‍जाब प्रान्तको कसुर सहरको साबरी कोलोनीमा स्थानीय गुण्डाहरुले एक क्रिश्‍चियन किशोरीमाथि कुटपिट गरेका छन् । उनको शरीरका विभिन्‍न ठाउँमा चोट लाग्‍नुका साथै नाक भाचिएको छ । घरमा महिलामात्रै भएको समयमा ती किशोरीमाथि कुटपिट भएको परिवारका सदस्यहरुले बताएका छन् ।

स्थानीय अधिवक्तासमेत रहेका मानवअधिकारकर्मी राहत अउस्टिनले ट्विट गर्दै भनेकी छन्, “स्थानीय कट्टरपन्थीहरुले क्रिश्चियन परिवारलाई यातना दिने काम गरिरहेका छन् । किशोरीको अवस्था गम्भीर रहेको छ । पीडितको परीवारलाई सहयोगका लाग आग्रह गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर कुटपिट गरेको छ ।”

घटनाको बारेमा किशोरीको परिवारलाई सोध्दा भनिन्, “उनीहरुले हामीमाथि बुलिङ सुरु गरेका थिए । जब हामी रोक्न खोज्यौं । तब उनीहरुले फोहोरी क्रिश्चियनहरुलाई बस्‍न दिनु हुँदैन भने । उनीहरुले हामीलाई कुटपिट गर्न थाले ।”

उनीहरु घरमा महिला सदस्यहरु मात्रै थिए । जब पुरुषहरु घटनाको विषयमा उजुरी दर्ताका लागि जाँदा प्रहरीले उनीहरुको कुरा नै सुनेनन् । “हाम्रो परिवारको सदस्यहरुलाई समेत कुटपिट गरेका छन् ।”

पाकिस्तानमा क्रिश्चियनहरुमाथि विभेद भएको छ । जसले बहुमतको मुस्लिमहरुविरुद्ध आवाज उठाए भने क्रिश्चियनहरुलाई यातना दिने काम भइरहेको छ ।

क्रिश्‍चियन समुदायहरु पाकिस्तानमा निकै गरिबीको रेखामुनी रहेका छन् ।

https://www.pakistantelegraph.com/news/265246377/christian-girl-beaten-suffers-nasal-fracture-in-pakistan

सम्वन्धित समाचार :