वीरगन्ज,७ साउन
बाराको परवानीपुर गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत आशिष गीरी केहिदिन देखी लामो समयका लागी घरमै बस्न बिदामा बसेका छन । चालु आर्थिक २०७७÷०७८ सुरु भएकै दिनदेखी लामो सयम सम्म बिदामा बसेको गाँउपालिका कार्यालयले जनाएको छ ।
उनी बिदामा बसेका दिनदेखी गाँउपालिकाका स्वास्थ्य प्रमुख प्रदिप कुमार राउतलाई नाम मात्रको निमित प्रमुख प्रशासकिय अधिकृत बनाएको गाँउपालिका कार्यालयले जनाएको छ ।
गाँउपालिका कार्यालय स्रोतका अनुसार परवानीपुर गाँउपालिकाका निमित प्रशासकिय अधिकृत गीरी असार भरी विभिन्न बजेटमा कमिशन खाएर कमाएपछि साउनदेखी बिदामा बसेका छन ।
नयाँ आर्थिक बर्ष सुरु भएकाले आर्थिक कारोबार नहुने भएपछि नाम मात्रको राउतलाई निमित प्रमुख प्रशासकिय अधिकृत बनाएर कमाएको पैसा मिलाउन घरमै बसेर बिदा कटाउने गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बितेको आर्थिक बर्ष २०७६÷०७७ मा बाराको सबैभन्दा बढि भ्रष्टचार भएको गाँउपालिका मध्येको सुचीमा परवानीपुर गाँउपालिका परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढि काम नै नभएर बजेट पचाउनका लागी बिल भुक्तानी भएको बुझिएको छ ।
बिदामा बसेका निमित प्रमुख प्रशासकिय अधिकृत गीरी गाँउपालिकाको सरकारी नम्बर ९८५५०४८५६५ आफै संग राखेर स्विच अफ राख्ने गरेका छन । गीरीमाथी गाँउपालिकामा भएको आर्थिक अनियमिततामा ठुलो आरोप लागेकाले उनी केहि समयका लागी बिदामा बसेको गाँउपालिकाका कर्मचारीहरुले बताएका छन । क्रमश
ताजा समाचार
:
© 2024: Sima Post | All right reserved | Privacy Policy