एजेन्सी । बेलायतले हङकङसँग तत्काल लागु हुने गरी अनिश्चितकालसम्मका लागि सुपुर्दगी सन्धि स्थगित गरेपछि बेलायत-चीन सम्बन्ध चिसिएको छ ।

यो सुपुर्दगी सन्धी स्थगित भएसँगै बेलायत वा हङकङमा रही कसैले आपराधिक गतिबिधी गरेमा एक अर्काले सम्बन्धित देशका अपराधीलाई सुपुर्दगी गरिने छैन ।

बेलायतका विदेशमन्त्री डोमिनिक रावले बेलायतले चीनसँग सकारात्मक सम्बन्ध राख्‍न चाहेको जानकारी दिँदै चीनले हङकङमाथि नयाँ सुरक्षा कानुन लागू गरेको विषय गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच चीनले बेलायतलाई क्रुर हस्तक्षेप गरेको आरोप लगाउँदै आफूहरु अन्तर्राष्ट्रिय कानुनको समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ । गत जुनको अन्त्यमा चीनले हङकङका कुनै पनि अपराधीलाई चीनमा सुम्पनु पर्ने कानुन लागू गरेको थियो ।

चीनले प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई आजीवन काराबारको सजाय दिने गरेको थियो । बेलायती विदेश मन्त्री रावले आगामी बर्ष बेलयतमा रहेका लाखौं हङकङका नागरिकरुलाई बेलायतको नागरिकता दिने योजना रहेको स्पष्ट पारे ।

विदेशमन्त्री रावले बेलायत चीनसँग उत्पादनशील र रचनात्मक रुपमा मिलेर काम गर्न सकिने पनि बताएका छन् ।

यसअघि बेलायतले चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई समेत आफ्नो ५ जी नेटवर्कमा प्रतिबन्ध लगाएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०२७ सम्म हुवावेलाई आफ्ना सम्पूर्ण उपकरणहरु ५ जी नेटवर्कबाट हटाइसक्न निर्देशन दिएका छन् ।

https://www.hindustantimes.com/world-news/more-frost-in-uk-china-ties-as-extradition-pact-is-suspended/story-iMavlBPa1hivoYOZk6w21H.html

सम्वन्धित समाचार :