लाखौ लाखको लगानी , समस्या उस्तै भएको पुष्टि
वीरगन्ज,७ साउन
बाराको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एकबाल मियाँको बजेटमा बाधिएकोे दुधौरा नदिको बाँध बाढीले बगाएको छ । परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियाद गाँउको पुर्वमा बग्ने दुधौरा नदिको बाँध बाढीले बगाएको हो ।
आर्थिक बर्ष २०७७÷०७७ को अन्तिम महिनामा असारे बजेट पचाउने उद्येश्यका साथ लाखौ लाख लगाएर बाधिएको बाध बाढीले बगाएपछि स्थानीयबासी अच्चमित भएका छन । प्रतिनिधि सभा सदस्य मियाँको ५० लाख भन्दा बढिको लगानीमा बाधिएको बाध दुई हप्तामा नै पानीले बगाएपछि ठुलो भ्रष्टचार भएको स्थानीयबासीको आरोप छ ।
स्थानीयबासीका अनुसार बजेट पचाउनका लागी गुणस्तरहिन काम गरेर बलुवामा पानी खसाए जस्तै बाधिएको बाधलाई बाढीले बगाएकाले भ्रष्टचार भएको पुष्टि भएको छ ।
स्थानीय किसानको खेतीमा क्षति
प्रतिनिधि सभा सदस्य एकबाल मियाँको लाखौ लाख बजेटको लगानीमा बाधिएको दुधौरा नदिको बाँध बाढीले बगाएपछि स्थानीय किसानहरुको एक सय भन्दा बढि बिग्हाको खेतीमा क्षति भएको बताएका छन । दुधौरा नदिको बाँध लाखौ लाखको लगानी बाधिएको बाधँ बाढिमा बगाएको पछि अहिले सम्मको सबैभन्दा बढि क्षति भएको उनीहरुले बताएका छन ।
किसानको क्षति रोक्नका लागी बाधिएको बाध बाढिले बगाएपछि बजेट पचाउने उद्येश्यका साथ गुणस्तरहिन बाध बाधेर जनतालाई धोका दिएको आरोप स्थानीय किसानहरुको रहेको छ । असारमा भएको काम गुणस्तरहिन भएपनि धमाधम काम सकाएर बजेट पचाएको स्पष्ट पुष्टि भएको दाबि उनीहरुको छ ।
बजेट सक्यो , समस्या उस्तै
प्रतिनिधि सभा सदस्य एकबाल मियाँको आफ्नै वडा समेत रहेको बुनियादमा बजेट मात्र सकिएकाले स्थानीयबासीहरु आक्रोशित भएका छन । मियाँको आफ्नो वडाको काम पनि गुणस्तरहिन भएर बजेट पचाउने देखिएकाले स्थानीयहरु आक्रोशित भएका हुन । एक बर्षको सबै बजेट आफ्नै वडामा लगानी गरेर समस्या उस्तै भएकाले काम भन्दा नगरेकै राम्रो हुने स्थानीयबासी बताउँछन ।
आफ्नो गाँउमा पनि अहिले सम्म दिर्घकालिन बिकाश समेत गर्ने नसकेकाले अगामी दिनमा अब केहि अपेक्षा नरहेको बताउँदै आएका छन ।
यस बिषयमा प्रतिनिधि सभा सदस्य एकबाल मियाँलाई बुझन खोज्दा उनका भाई समेत रहेका स्वकीय सचिव जफरुल मियाँले फोन उठाएर उहाँ व्यस्त रहेकाले अहिले सम्पर्क हुन नसक्ने प्रतिक्रिया दिए ।