Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रचण्डले आफूनिकट स्थायी समिति सदस्यलाई भने- अन्तिम समझदारी प्रधानमन्त्री ओलीसँगै गर्नुपर्छ

न्युजडेस्क न्युजडेस्क
६ श्रावण २०७७, मंगलवार
प्रचण्डको ब्रिफिङ : ‘अर्ली महाधिवेशन’को कार्ड फालियो
6
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेका छन्।

आफूनिकटका स्थायी समिति सदस्यलाई सोमबार बिहान खुमलटारमा बोलाएर प्रचण्डले प्रधानमन्त्री ओलीसँग सहमति भने भइनसकेको जानकारी गराए।

‘सहमति ठ्याक्कै बनिसकेको छैन। समझदारी केपी ओलीसँगै गर्नुपर्छ। की पार्टी फुट्नु पर्‍यो होइन भने त्यही गर्नपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने,’समझदारी-असमझदारी, झगडा जे गरे पनि आखिर त्यही हो। अरूसँग कुरा मिलाएर त हुदैन।’

आफूहरुले पनि नथाकेर जति पटक जानु परे पनि बालुवाटार जान सुझाएको ती स्थायी समिति सदस्यले बताए।

‘जनताले अहिले फुट चाहेका छैनन्। उहाँसँग संघर्ष,एकता, झगडा जे गरे पनि मिलाउनुस् भनेर हामीले भनेका छौं,’ छलफलमा सहभागी अर्का स्थायी समिति सदस्यले भने,’पदको निम्तिमात्रै झगडा भएको भन्ने नपारी बहसलाई वैचारिक विषय र देश तथा जनजिविकाका मुद्दातिर केन्द्रीत गर्नसमेत हामीले भनेका छौं।’

महाधिवेशनबारे प्रधानमन्त्रीसँग छलफल भएको भए पनि सहमति भने भइनसकेको प्रचण्डले स्थायी समिति सदस्यलाई जानकारी गराएका थिए।

शनिबार साँझ राष्ट्रपतिसँग भएको भेट पूर्वनिर्धारित नभई अपर्झट भएकोसमेत प्रचण्डले स्पष्टिकरण दिएका थिए।

गणितको प्रयोग नगरी अहिलेको विवाद ‘सेफ ल्यान्डिङ’ गर्न सुझाव दिएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए।

‘गणित प्रयोग गरे दुःखद घटना हुनसक्छ, त्यसैले संयमतापूर्वक अगाडि बढ्नुपर्छ भनेर हामीले भनेका छौं,’ उनले भने,’अरूलाई पनि छोड्ने गरी निर्णय गर्नु हुँदैन तर निर्णय गर्ने बेलामा त दुई अध्यक्ष एउटै धारणामा नपुगी त हुन्न।’

कोभिड-१९ र बाढी-पहिरोमा पनि ध्यान दिने र जनतामा राहतको कार्यक्रम लैजाने विषयमा समेत बैठक केन्द्रित हुनुपर्ने धारणा पनि केही नेताहरूले राखेको उनले बताए।

अर्का स्थायी समिति सदस्य लीलामणि पोखरेलले मंसिरमा महाअधिवशेन गर्न सम्भव नरहेको धारणा आएको बताए।

‘एउटा स्थायी समिति बैठक त टुंगो लाग्न सकेको छैन। महाधिवेशन कसरी सकिन्छ भन्ने आम बुझाइ हो,’ उनले भने,’महाधिवशेनमा नेतृत्व कसरी चयन गर्ने, त्यसको विधि कसरी निर्माण गर्ने भन्ने बाँकी नै छ। एकता प्रक्रिया टुंगिएको छैन। बाढी पहिरो कोरोना यावत् समस्याका बीचमा सम्भव छैन भन्ने नै हो।’

बैठकबाट निष्कर्ष निकाल्न पर्छ भन्नेमा सबैको एकमत रहेकोसमेत उनले बताए।

‘बैठकमा धेरै कुराहरू उठ्छन्। त्यहाँ बोलेको आधारमा आग्रह बोकेर बस्नु हुँदैन। त्यहाँ बसेर पार्टी फुटाउन कसैले चाहेको छैन। त्यसैले अध्यक्ष बैठकमा आउनु पर्छ उहाले नै निष्कर्ष निकाल्न सहयोग गर्ने हो,’ उनले भने,’बहुमतका नाममा पेल्नैपर्छ भन्ने धारणा आउँछ भन्ने छैन। सबै समझदारीका लागि विधिपूर्वक बैठक राखेर छलफल गर्ने अनि निष्कर्ष निकाल्ने हो।’

विधानमा दुई प्रमुख पदमा एउटै व्यक्ति नहुने भन्ने रहेकाले यसबारे समेत स्थायी कमिटीमा छलफल हुनुपर्ने उनले बताए।

मंगलबारको बैठक सुचारू हुनुपर्छ भन्नेमा सबैको एउटै धारणा रहेको उनले बताए। बैठक अविवेकी नहुने भएकाले बैठकबाट कोही पनि भाग्न नहुने पोखरेलको भनाइ छ।

स्थायी समिति सदस्य पम्फा भुषालले स्थायी समिति बैठक निरन्तर अगाडि बढाउने र आवश्यक परे केन्द्रीय कमिटी बैठक बोलाउन सुझाव दिएको बताइन्।

‘अहिलेसम्म भएको प्रगतिबारे अध्यक्षले सामान्य रिपोर्टिङ गर्नुभयो। अर्ली महाअधिवेशनको पनि कुरा आएको छ भनेर भन्नुभएको थियो,’ उनले भनिन्, ‘चैतमा महाअधिवेशन गर्ने भनेकै छ। पार्टी एकताका काम सक्ने र वैचारिक, राजनीतिक र सांगठनिक सबै समाधान निकालेर महाधिवेशन गर्ने कुरा ठिकै हुन्छ। सांगठनिक समाधानका लागिमात्रै महाधिवेशन चाहिँदैन त्यसका लागि केन्द्रीय कमिटीबाटै गर्न सकिन्छ भनेर हामीले सुझाव दिएका छौं।’



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

६ श्रावण २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

६ श्रावण २०७७, मंगलवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

६ श्रावण २०७७, मंगलवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

६ श्रावण २०७७, मंगलवार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

६ श्रावण २०७७, मंगलवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

६ श्रावण २०७७, मंगलवार
Next Post
घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

17 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी