पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–९ बस्ने २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्वन्धित समाचार :