Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जसपामा गृहकार्य सुरु, के-के छन् चुनौती

न्युजडेस्क न्युजडेस्क
५ श्रावण २०७७, सोमबार
जसपामा  गृहकार्य सुरु, के-के छन् चुनौती

Federal Socialist Front-Nepal President Upendra Yadav and Coordinator of Naya Shakti Party-Nepal Baburam Bhattarai signing the unification pact between the two parties to form Samajwadi Party-Nepal, in Kathmandu, on Monday. Photo: Naresh Shrestha / THT

8
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको दल जनता समाजवादी पार्टी नेपाल (जसपा)मासंगठन समायोजनका लागि गृहकार्य सुरु भएको छ । दुई दल एकीकृत भएर नयाँ दल बनेसँगै पुरानो संगठनलाई तल्लो तहसम्मै समायोजन गर्नका लागि गृहकार्य थालिएको हो । ५१ सदस्यीय कार्यकारिणी समिति बनाएर एकीकरण भएको सो पार्टीले निर्वाचन आयोगबाट हालै आधिकारिता प्राप्त गरेको थियो ।  पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म कसरी समायोजन हुन्छ भन्ने बारेमा आन्तरिक रुपमा गृहकार्य शुरु भएको जसपा नेपाल कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए ।

समायोजनको औपचारिक प्रक्रिया सुरु नभए पनि नेताहरुबीच अनौपचारिक रुपमा गृहकार्य शुरु भएको उनले बताए । स्थानीय तहसम्म रहेका विभिन्न संगठनलाई कुन मापदण्डका आधारमा समायोजन गर्ने भन्ने विषयमा नेताहरु गृहकार्यमा जुटेको उनको भनाइ छ 

तत्कालीन राजपा र समाजवादी पार्टीका नेताहरु बीच प्रायः दिनहुँ छलफल हुने गरेको छ । समायोजन छिटो सक्याएर पार्टीको एकता महाधिवेशन गराउने सोचमा नेताहरु रहेको जसपा नेपाल स्रोत बताउँछ ।
पार्टी एकीकरण भए पनि समायोजन त्यति सजिलो नरहेको नेताहरु बताउँछन् । एकीकरणमा आएका तत्कालीन समाजवादी र राजपा नेपाल पनि विगतमा विभिन्न दलहरु मिलेर एकीकृत भएका थिए । तत्कालीन समाजवादी र राजपा नेपालमा पनि संगठन समायोजनले पूर्णता पाएको थिएन ।

२०७५ वैशाखमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भइ समाजवादी पार्टी बनेको थियो । तर एकता भएको दुई वर्षसम्म पनि ती दुई दलको बीचमा संगठन समायोजनले पूर्णता पाएको थिएन । प्रदेशको समायोजन गर्ने कार्य प्रारम्भ भएको बेला तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भयो ।

यता २०७४ बैशाख ७ गते विभिन्न ६ वटा दल मिलेर राजपा नेपाल बनेको थियो । यति लामो समय बित्दा पनि राजपा नेपालको समायोजन पूर्ण भएको थिएन । राजपा नेपालको केन्द्रमा मात्र संगठन थियो, त्यसबाहेक अरु कुनै पनि भातृ संगठन वा जिल्ला, प्रदेश, स्थानीयमा समायोजन हुन सकेको थिएन ।

ती दलमा महाधिवेशनको मिति पटक पटक तोकिए पनि जिल्ला, प्रदेश र स्थानीय तहको विवाद नमिलेको तथा सदस्यता वितरण नभएको कारण स्थगित हुँदै आएको थियो ।
यस्तो बेथितिको बेला तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको हो । जसपा नेपालमा संगठन समायोजन गर्दा तत्कालीन समाजवादी पार्टीमा अशोक राई, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजपा नेपालमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवबीच भागवण्डा मिलाउनुपर्ने हुन्छ । 

समाजवादी पार्टीको तलसम्म संगठन दुरुस्त देखिए पनि डा.भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको समायोजन भएको छैन । उता, राजपा नेपालको संगठन लथालिङ्ग अवस्थामा रहेको कारण समायोजन गर्न चुनौती रहेको नेताहरु बताउँछन् । 

यही चुनौतीका कारण राजपा नेपालका महन्थ ठाकुर, राजकिशोर यादव, अनिलकुमार झालगायतका नेताहरुले पनि पहिला आफ्नो पार्टी व्यवस्थित गरौँ, अनिमात्र अर्को दलसँग एकीकरण गरौँ भन्ने अडान लिएका थिए तर एकताको माहोलका अगाडि उनीहरुको केही चलेन । अहिले समायोजनका लागि पुरानै समस्या दोहोरिने अवस्था रहेको नेताहरु बताउँछन् ।

तत्कालीन समाजवादी पार्टीका एक नेताले जसपा नेपालले पनि सत्तारुढ नेकपाकै परिस्थिति भोग्नुपर्ने खतरा औंल्याए । उनले भने, ‘नेकपामा नेताहरुको भागबण्डा मिलाउन नसकेर नै अहिलेसम्म एकीकरणले पूर्णता पाएको छैन । माओवादी केन्द्र र एमाले एकीकरण भएको तीन वर्षभन्दा बढी भइसक्यो तर हालसम्म समायोजन टुङ्गो लागेको छैन ।’

कसरी हुन्छ सम्भव ?
जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य एवं कार्यालय सचिव प्रकाश अधिकारीले समायोजनको विषयमा औपचारिक छलफल सुरु नभएको बताए । औपचारिक छलफल शुरु भएपछि यी सबै समस्याहरु आफै समाधान हुँदै जाने उनको दावी छ । 

नेताहरु बीच अनौपचारिक रुपमा आन्तरिक गृहकार्य शुरु भएको बताउँदै उनले गृहकार्य पुरा भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर त्यस प्रकृयालाई अगाडि जानकारी दिए । उनले भने, ‘भर्खर निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छौं, समायोजनका लागि ढिलो भएको छैन, केन्द्रीय कार्यालय बालकुमारीमा कार्यालय व्यवस्थापनको काम भइरहेको छ, नेताहरुको कार्यकक्ष लगायत अन्य व्यवस्थापन पूरा भएपछि समायोजनमै लाग्ने हो ।’ यद्यपी नेताहरु समायोजनको तयारीमा लागेको र आपसी छलफल भइरहेको उनले बताए ।

कार्यकारणी सदस्य वृषेशचन्द्र लालले समायोजनको विषयमा शीर्ष तहमा कुराकानी भइरहेको बताए । अहिले औपचारिक छलफलमा प्रवेश नगरेका कारण केही भन्न नसकिने उनको भनाइ छ । पहिलो चरणमा ५१ सदस्यीय कार्यकारिणी समितिबाट पदाधिकारी चयन गर्ने काम हुन्छ । अहिले कार्यकारिणी समिति ५१ सदस्यीय बनाए पनि पार्टीको अन्तरिम विधानमा ५३ सदस्यको व्यवस्था गरिएको छ ।
पदाधिकारी कति सदस्यीय हुने भन्ने कुरा अन्तरिम विधानमा उल्लेख गरिएको छैन तर त्यसमा संघीय परिषद् अध्यक्ष १, केन्द्रीय समिति अध्यक्ष २, वरिष्ठ नेता २ र आवश्यकतानुसार सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षहरु रहने उल्लेख छ ।

केन्द्रीय कार्यकारिणी समितिले आवश्यकतानुसार अन्य पदहरु सिर्जना गर्ने तथा पार्टीको कार्य सञ्चालन गर्न आवश्यक देखिएमा केन्द्रीय कार्यकारिणी समितिले आफ्नो समितिको संख्याको एकतिहाईसम्म सदस्य राखी केन्द्रीय सचिवालय गठन गर्न सकिने विधानमा उल्लेख छ । 

अन्तरिम विधानमा संघीय परिषद् अध्यक्षको व्यवस्था गरिएको छ तर पार्टीमा विवादका कारण अन्तिम समयमा सो पदमा कसैलाई राखिएको छैन । संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराईलाई राख्ने कुरा थियो तर वरियताक्रमको कुरा नमिल्दा उनी परिषद्को अध्यक्ष छाडेर वरिष्ठ नेतामा बस्न रुचाए । यद्यपि सो पदमा अन्ततः डा.भट्टराई नै जाने निश्चित रहेको नेताहरु बताउँछन् । 



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

५ श्रावण २०७७, सोमबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

५ श्रावण २०७७, सोमबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

५ श्रावण २०७७, सोमबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

५ श्रावण २०७७, सोमबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

५ श्रावण २०७७, सोमबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

५ श्रावण २०७७, सोमबार
Next Post
१७ वर्षीया किशोरी बलात्कार गर्ने पक्राउ

१७ वर्षीया किशोरी बलात्कार गर्ने पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

2 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

4 weeks अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

4 weeks अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी