बारा र पर्सामा एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन । नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

संक्रमितमध्ये ४६ जना बारा र चारजना पर्साका बासिन्दा रहेको उनले बताए । पर्साका चारजना भने होटेल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए । बाराका ४६ जना देवताल गाउँपालिकाको क्वारेन्टाइनका हुन् ।

जसमा देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका तीनजना, कलैया उपमहानगरपालिकाका तीनजना, धनकौलका ६ जना गरी ४६ जना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार महिला ११ र पुरुष ३४ मध्ये स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय रहेका  छन् । 

सम्वन्धित समाचार :