वीरगन्ज,४ साउन अनेरास्ववीयू पर्साका संह—संयोजक मित्रदेव यादवको अगुवाईमा आर्थिक अवस्था कमजोर भएर उपचाररत अवस्थामा रहेका युवकका लागी आर्थिक सहयोग संकलन भएको छ । वीरगन्ज मुर्लीका १२ का २३ वर्षीय दाउद मियाँ काम गर्ने क्रममै दुर्घटना परि गम्भीर घाईते भएपछि उपचारका लागी यादवको अगुवाईमा आर्थिक सहयोग संकलन भएको हो । दाउद घरको एक्लो र आर्थिक अवस्था कमजोर भएकाले उनको काम गर्ने समयमा दुर्घटना पछि उपचार गर्नलाई रकम अभाव भएकाले आर्थिक सहयोग संकलनमा जुटेको यादवले बताए । उनले दाउदको दाहिने हात ३ ठाँउमा भाचेपछि उपचारमा बढि रकम लाग्ने भएपछि सहयोग गर्न अभियान नै चलाएको यादवले बताए । केहिदिन अगाडी देखी समाजिक संजाल मार्फत आर्थिक सहयोग संकलनका लागी चलाएको अभियानमा ५८ हजार ३ सय रकम संकलन भएको उनले बताए । घाईते यादवको अहिले काठमाडौं वीर अस्पतालमा उपचार भईरहेकाले निको नभए सम्म उपचारका लागी आर्थिक सहयोग गरी रहने यादवले बताए । आर्थिक संकलन अभियानमा युवा राजन श्रीवास्तव ,मेराजुल हवारी , नसिम अख्तर ,जेयाद अंसारी , बिकेश यादव लगायतकाले सहयोग गरेको यादवले बताए । को को सहयोग गरे दाउदको उपचारका लागी अहिले सम्म १५ जनाले सहयोग गरेका छन । सहयोग गर्र्नमा कालिकामाई गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह १० हजार ,संखुवा प्रसौनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव १० हजार ,जिल्ला हुलाक कार्यालय बाराका अधिकृत सुजित साह १० हजार , कर कार्यालय पर्साका नायब सुब्बा अकलेश सहनी ५ हजार सहयोग गरेका छन । यस्तै सन्दीप गुप्ता ५ हजार ,प्रमोद जैसवाल ३ हजार १ सय,उमाशंकर यादव २ हजार ५ सय ,सुजित मन्डल २ हजार , ईब्राहिम देवान १ हजार ५ सय ,सुनिल कलवार १ हजार १ सय , राहुल साह १ हजार १ सय ,अनिल कुमार यादव १ हजार र नसिम अख्तर मार्फत ६ हजार सहयोग भएको छ

सम्वन्धित समाचार :