लहान, ४ साउन । सिरहाको मिर्चैया ३ राघोपुरमा आज वडाध्यक्ष हरिकुशियत यादवले दलितहरुलाई कुटपिट गरेको छ । दलित समुदायको लागि घरमा लगाउँने कर्कटपाताको बजेट संसीदय कोषबाट विनियोजित गरिएको थियो । वडाध्यक्ष हरिकुशियतसँग तीन महिनादेखि सो योजना संचालन गर्न माग गर्दै दलितहरुले वडाकार्यालयमा असार १८ गते तालाबन्दी गरेको थियो । दलितहरुको मागप्रति उदासिन भएका वडाध्यक्ष यादवले आज कार्यालयको तालाबन्दी खोल्ने प्रयास गर्दा दूईतर्फी विवाद भएको छ । विवादको क्रममा वडाध्यक्ष यादव, किशोर यादवलगायतले उमेश सदाय, रुपेश, मरनीदेवी सदाय, डोमिनी सदायसहित ६ जनालाई कुटपिट गरेको छ । कुटपिटबाट उमेश सदायको टाउँकोमा चार वटा टाँका लागेको छ भने रुपेश घाईते भएका छन् । उनीहरुको उपचार मिर्चैयाको स्वास्थ्य प्रतिष्ठानमा भइरहेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार दलितमाथी कुटपिट भएको हो । तर, राजनीतिक क्रियाकलाप बढेको छ ।
यता, उमेश सदायको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि जनकपुर लैजाने तयारी गरिरहेको बेला ईलाका प्रहरी कार्यालय मिर्चैयाले सदायलाई प्रहरी कार्यालयमा लगेर नियन्त्रणमा राखेको छ । उपचार गराउँनुपर्ने ठाउँमा प्रहरीको बदनियतपन देखिएको स्थानीयको कथन छ ।