काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितका दलले उम्मेदवारी दिनका लागि आन्तरिक छलफल गरिरहेका हुन् ।
केसीले यसबारे औपचारिक कुराकानी भने भइनसकेको जानकारी दिए । अहिले उपसभामुखमा उम्मेदवारी दिने कि नदिने र दिएमा कुन पार्टीबाट दिने भनेर आन्तरिक छलफलमा रहेका नेताहरूले बताएका छन् ।
संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख मनोनयनको कार्यतालिका तोकेको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने घोषणा बुधवारको प्रतिनिधिसभा बैठकमा गरेका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमतमा छ । त्यसैले उसले कसलाई समर्थन गर्छ उही उपसभामुख हुने निश्चित छ ।
