पोखरा । विगतका केही चुनावयता गण्डकीले राजनीतिक पहुँच गुमाउँदै गएको थियो । खासगरी २०६४ यता गण्डकीले केन्द्रमा पहुँच देखाउन सकेको थिएन । त्यसो त, गोरखा २ बाट निर्वाचित २ जना प्रधानमन्त्री बने । तर समग्र प्रदेशले प्रभाव जमाउन सकेन । अहिले पनि धेरैले गण्डकीको राजनीतिक पहुँच खस्किएको आकलन गरिरहेका थिए ।
पोखराले ६ वर्षपछि पर्यटन मन्त्री पनि पाएको छ । २०७४ मा निर्वाचित कास्की–२ का रवीन्द्र अधिकारी पर्यटनमन्त्री नियुक्त भएका थिए । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएपछि पोखराले पर्यटन पाएको थिएन । अहिले पुनः पर्यटनको जिम्मा पोखराले पाएको छ । कास्की१ बाट निर्वाचित खडकराज पौडेल (गनेस) पर्यटनमन्त्री बनेका हुन् ।
गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेको रवि पक्ष क्याबिनेटमा गण्डकीबाट कमजोर देखिएको छ । २ मन्त्रालय बालेन पक्षबाट बाँडफाँट हुँदा छुट्टै गुट जन्माएका स्वर्णिम अर्थमन्त्री बनेका हुन् ।
