शर्माले मात्रै होइन, इटहरीका धेरै स्थानीयले यस्तै आशयका स्टाटस र विचार सामाजिक सञ्जालमा राखिरहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार आगो निभाउन झन्डै दुई घण्टा लागेको थियो । ‘जोखिम उच्च थियो । करिब दुई घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयौँ,’ हमालले भने ।
कोशी प्रदेशको प्रमुख व्यापारिक तथा आवागमन केन्द्र मानिने इटहरीमा आगलागीका घटना भइरहने गरेको छ । त्यही भएर इटहरी उपमहानगरपालिकाले पटक–पटक गरेर तीन वटा दमकल (वारुणयन्त्र) ‘स्ट्याण्ड बाइ’ राख्थ्यो । तर, गएको भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका तीन वटै दमकल जलाइए ।

‘इटहरीमा त केही नै छैन । कसरी आगो निभाउने भन्ने ठुलो समस्या छ,’ डीएसपी हमालले भने, ‘अरु पालिकाको सहयोग भए पनि छिटो निभाउन भने सकिएन ।’

उनले आगलागीका कारण क्षति हुने र नियन्त्रणमा समस्या देखिएकोबारे सबैले महसुस गरेको बताए ।

इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार नगरपालिकाले एउटा दमकल खरिदको प्रक्रिया सम्पन्न गरेर ल्याउने चरणमा छ । वैशाखभित्र ल्याइसक्नु पर्ने उनको भनाइ छ ।

‘खरिद प्रक्रिया टुङ्गिएर बोलपत्र स्वीकार गरिसकेको छ । त्यो बोलपत्र स्वीकार गरेको कम्पनीले १२० दिन टाइम मागेको छ । त्यो समय भनेको वैशाख पूरै लाग्ला,’ पौडेलले भने ।

आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको तीन वटा दमकल, रोलर, ग्रेडर, पानी ट्याङ्की, २०–२५ वटा गाडी जलेका थिए ।

अत्यावश्यक सेवामा तत्पर रहने दमकल भदौ २४ गते पालिका परिसरमै थिए । जलाइएका दमकल तथा सवारी साधनको तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ । यसअघि इटहरीका दमकलले आफ्नो पालिकामा मात्रै होइन, नजिकका छिमेकी पालिका धरान, विराटनगर, दुहबी, इनरुवालगायतमा सेवा दिन पुग्थ्यो । तर, अब आफैँ अरुको सहारा लिनुपर्ने ठाउँमा इटहरी पुगेको छ ।

‘आजको आगलागीबाट मान्छे त्रसित भए । दमकलको आवश्यकता पनि महसुस भएको छ । समाजलाई एउटा पाठ पनि भयो,’ पौडेलले भने, ‘किनभने हिजो २० जना बजारका सामाजिक मान्छेहरू निक्लेर त्यो सार्वजनिक सम्पत्ति दमकलहरू आगलागी नगरौँ, एम्बुलेन्स नजलाऊँ भन्दा रोकिने स्थिति थियो । बजारका आफूलाई नागरिक समाज, सज्जन, बुद्धिजीवी भन्ने मान्छेहरू टुलुटुलु हेरेर बस्ने, गलत भइराख्दा त्यसको प्रतिरोध पनि नगर्ने, सक्दा उल्टै उत्तेजित बनाउने कुरामा नि लाग्या छन् नि यहाँ त ।’

उनीहरूले पनि अब यो घटनाबाट पाठ सिक्नु पर्ने नगर प्रमुख पौडेलको भनाइ छ । उनले जेनजी आन्दोलनका क्रममा सवारी साधन र भौतिक संरचना गरी ३७ करोड रुपैयाँ बराबरको क्षति भएको बताए ।

‘गाडीहरू नै २८ करोड बराबरको क्षति भयो । २–३ वटा स्कार्पियो गएको छ, रोलर, ग्रेडर, मोटरसाइकलमा थुप्रै क्षति छ, इटहरीको सवारी साधनसहित भौतिक पूर्वाधार ३७ करोडको क्षति हो,’ पौडेलले भने ।

उनका अनुसार अत्यावश्यक सेवामा तत्पर रहने दमकल भदौ २४ गते पालिका परिसरमै थिए । जलाइएका दमकल तथा सवारी साधनको तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ । यसअघि इटहरीका दमकलले आफ्नो पालिकामा मात्रै होइन, नजिकका छिमेकी पालिका धरान, विराटनगर, दुहबी, इनरुवालगायतमा सेवा दिन पुग्थ्यो । तर, अब आफैँ अरुको सहारा लिनुपर्ने ठाउँमा इटहरी पुगेको छ ।

पौडेलका अनुसार नगरपालिकाले जोडेको चार थान विद्युतीय नगरबस, दुई थान एम्बुलेन्स र दुई थान शव वाहन भने जोगिएका छन् ।

प्लाजाको आगलागी नियन्त्रण हुन नसक्दा अग्लो भवनमा फसेका केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको थियो । त्यतिबेलै इटहरी उपमहानगरपालिकाले माथिसम्म पुगेर पानी हान्ने वा आगो नियन्त्रण गर्ने वारुणयन्त्रको आवश्यकता महसुस गरेको थियो ।

झन्डै दुई वर्ष अगाडि इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको थियो । त्यतिबेला आगो नियन्त्रणमा लिन सबैभन्दा पहिले इटहरीकै दमकल पुगेका थिए । त्यसपछि छिमेकी सहर विराटनगर, धरान, इनरुवा लगायतबाट पुगेका आठ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

प्लाजाको आगलागी नियन्त्रण हुन नसक्दा अग्लो भवनमा फसेका केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको थियो । त्यतिबेलै इटहरी उपमहानगरपालिकाले माथिसम्म पुगेर पानी हान्ने वा आगो नियन्त्रण गर्ने वारुणयन्त्रको आवश्यकता महसुस गरेको थियो ।

‘हामीले त्यसबेला अग्लो ठाउँमा पुगेर पनि आगो नियन्त्रण गर्ने दमकल आवश्यक भयो, अब खरिद गर्नुपर्छ भन्यौँ । तर, भएकै जलेपछि त्यो खरिद गर्न सकिएन,’ नगर प्रमुख पौडेलले भने ।

सम्वन्धित समाचार :