हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकास्थित कान्ति लोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथ सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको हेटौडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
