बरियारपट्टीमा डेंगी तथा जापानिज इन्सेफ्लाइटिसबारे अभिमुखीकरण सम्पन्न
सिराहा — बरियारपट्टी गाउँपालिका मा डेंगी, जापानिज इन्सेफ्लाइटिस लगायत कीटजन्य रोगबारे १ दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा यस्ता रोगको संक्रमणको अवस्था, रोकथामका उपाय तथा समयमै उपचारको महत्वबारे जानकारी दिइएको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राम जुलुम मण्डल ले पछिल्लो समय डेंगी तथा जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरूको जोखिम बढ्दै गएको उल्लेख गर्दै समुदाय स्तरमै सचेतना अत्यावश्यक रहेको बताए। उनले घर वरिपरि पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न तथा स्वास्थ्य सम्बन्धी समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।
उनका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमहरूले स्थानीय स्तरमा रोग नियन्त्रण तथा जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्वन्धित समाचार :