पाँचथर । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् ।
यहाँका स्वास्थ्य संस्थाहरूले विवाह, भोजभतेरजस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा पनि सहभागीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । मानिसहरू ठूलो स्वास्थ्य समस्या भएपछि मात्रै उपचारका लागि आउने र यो अवस्थासम्म धेरै ढिला भइसकेको हुने देखिएकाले खोजपड्ताल कार्यक्रम चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए ।
