मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य छन् ।
विश्वविद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सिभिल इन्जिनियरिङ विभागका नयाँ ल्याबहरू स्थापना गर्नका लागि पुराना वर्कशप खाली गर्ने क्रममा केही सामग्री व्यवस्थापन गरिएको स्पष्ट पारेको हो ।
विगत लामो समयदेखि प्रयोगमा नआएका, कवाडी अवस्थामा रहेका सामान र पूर्ण रूपमा मक्किएका तथा धमिरा लागेका केही पुस्तकहरू मात्र सरसफाइका क्रममा नष्ट भएको विश्वविद्यालयले जनाएको छ ।
