Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

‘कम्युनिष्टहरु बाहिर रातो र भित्र सेतो हुने मूला होइन, बाहिर–भित्रै रातो हुने गाँजर जस्तो हुनुपर्छ’

न्युजडेस्क न्युजडेस्क
३ श्रावण २०७७, शनिबार
‘कम्युनिष्टहरु बाहिर रातो र भित्र सेतो हुने मूला होइन, बाहिर–भित्रै रातो हुने गाँजर जस्तो हुनुपर्छ’
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३ साउन । आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ ।

प्रगतिशील लेखक सङ्घले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती’ विषयक परिसंवादको ३४औं श्रृङ्खलामा विश्लेषक श्याम श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र र शक्तिहरुबीच अन्तरविरोध हुनु आवश्यक भए पनि सबैले रुपान्तरित भएर साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए ।

उनले कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा र स्वास्थ्यमा क्रान्ति कसरी गर्ने भन्नेमा वर्तमान कम्युनिष्ट सरकार र ठूलो कम्युनिष्ट दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बहस हुनुपर्नेमा जोड दिए । उनले भने, ‘एक जनालाई कुर्सीबाट हटाएर अर्काेलाई ल्याउनुपर्छ भन्ने मात्रै बहस छ, यस्तो बहसले कहीं पुर्‍याउँदैन ।

मुलुकको रुपान्तरणका लागि नेकपाका लागि यो ठूलो अवसर हो, सरकारले बोलीमा मात्र नभई व्यवहारमै समाजवादोन्मुख कार्यक्रमलाई अगाडि नबढाए यो अवसर गुम्न सक्नेछ । कम्युनिष्टहरु रातो मूला जस्तो बाहिर रातो र भित्र सेतो नभई बाहिर र भित्र पनि रातो हुने गाँजर जस्तो हुनुपर्छ ।’

भाषा, संस्कृति र बजारमा सामन्तवाद र उपभोक्तावाद हाबी भइरहेको जनाउँदै श्रेष्ठले दृष्टिकोणमा ऐतिहासिक भौतिकवादी, चरित्रमा समाजवादी, व्यक्तिगत सम्पत्ति र अन्धविश्वासमा नअडिएर सामूहिकता र वैज्ञानिकतालाई मान्ने, मानव–मानवबीच भेदभाव नगर्ने र झुटो आश्वासन नदिनेलाई मात्रै कम्युनिष्ट पार्टीमा सदस्य बनाउनु पर्नेमा नेपालमा जसले पनि कम्युनिष्ट पार्टीको सदस्य पाउने स्थितिले भ्रष्ट पूँजीवादमा फसाउने उल्लेख गरे । श्रेष्ठले विज्ञानका क्षेत्रमा धेरै विकास भए पनि लेनिनपछि माक्र्सवादी दर्शनका क्षेत्रमा कुनै विकास नभएको पनि बताए ।

सङ्घका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कृषि, शिक्षा र स्वास्थ्यमा रुपान्तरण अहिलेको आवश्यकता हो भन्दै सत्तामा रहेकाहरुको आँखा खोल्ने काम बुद्धिजीवी र प्रगतिशीलहरुको हुने भएकाले यस प्रकारको पहललाई निरन्तर राख्नुपर्ने बताए ।

उनले धेरै ठूलो सङ्घर्षपछि झण्डै दुई तिहाइको सरकार बनेकाले यसले राष्ट्रियता र केही अन्य पक्षमा राम्रा काम गरेको र केही सुधारका काम हुन बाँकी रहेको स्थितिमा वर्तमान सरकारलाई किनारा लगाइहाल्ने सोच सही नहुने बताए ।

सङ्घका उपाध्यक्ष एवं चिन्तक गोपीरमण उपाध्यायले नयाँ संविधान जारी भएको पाँच वर्ष भइसकेको सन्दर्भमा समाजवादी ध्येयका आधारमा दर्शन, साहित्य, कला, राजनीति र सबै क्षेत्रलाई बहसमा ल्याउनुपर्नेमा जोड दिए ।

सङ्घका महासचिव समीर सिंहले मुलुकमा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने ? सांस्कृतिक रुपान्तरण कसरी गर्ने ? कम्युनिष्ट हुन पार्टीको सदस्य बन्नैपर्छ कि पर्दैन ? कम्युनिष्ट भएर तडकभडकयुक्त र खर्चिलो सामाजिक काम गर्ने कि नगर्ने ? नास्तिक र भौतिकवादीबीचको भिन्नता के हो ? आदि प्रश्नमा वैचारिक बहस गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाए ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

३ श्रावण २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

३ श्रावण २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

३ श्रावण २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

३ श्रावण २०७७, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

३ श्रावण २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

३ श्रावण २०७७, शनिबार
Next Post
सचिवालय बैठकनेकपाको   बालुवाटारमा जारी

सचिवालय बैठकनेकपाको बालुवाटारमा जारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी