वीरगन्ज,२ साउन
बाराका अधिकांश स्थानीयतहले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गरेका छन । स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन मार्फत औंल्याएको छ । बाराको परवानीपुर गाँउपालिकाले मनपरी तरीकाले बजेट दुरुपयोग गरी मनपरी खर्च गरेको पाएको छ । कमिशनका लागी गाँउपालिकाका अध्यक्ष हरीनारायण साह ,उपाध्यक्षका श्रीमान मुक्ति राउत कुर्मीको मिलोमतोमा बजेट दुरुपयोग भएको स्थानीयबासीले आरोप लगाएका छन । गाँउपालिका अध्यक्ष साह र उपाध्यक्षका श्रीमान कुर्मीले १५ प्रतिशत कमिशन लिएर उपभोक्ता समिति मार्फत भएको बिकाश निर्माण कार्यको भुक्तानिका लागी सिफारीस गरेको आरोप लागेको छ । गाँउपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान कुर्मीले असार १५ देखी ३० गतेको बिचमा १५ प्रतिशत कमिशन लिएर धमाधम भुक्तानिका लागी सिफारीस गरेको कार्यपालिका सदस्यले बताएका छन ।
पैसाका लागी जेपनि गर्ने सक्छौ
गाँउपालिका अध्यक्ष साहले आफ्नो कार्यकाल भित्र पैसा कमाउनका लागी नजपनि गर्ने सकिने दाबि गरेका छन । उनले गाँउपालिकाका प्रमुख आफ् भएकाले कसैलाई केहि नबुझेको र पैसाबाट सबैलाई खरीद गर्ने सकिने बताएका छन । आफ्नो कार्यकाल भित्र पैसा कमाउन कसैलाई केहि नबुझेको उनको भनाई रहेको स्थानीयबासीले बताएका छन । गाँउपालिका अध्यक्ष साह र उपाध्यक्षका श्रीमान कुर्मीले जसरी पनि पैसा कमाउनलाई जस्तो सुकै कदम र चुनौति भोग्न तयार रहेको बताउँदै आएका छन । उनीहरु बजेट पचाउनका लागी काम ने नभएको अधिकांश बिल बनाएर भुक्तानि गरेको गाँउपालिकाको कार्यालय स्रोतले जनाएको छ । पैसा कमाउनका लागी आफ्नो ज्वाईलाई पनि निर्वाचित भएको सालदेखी कमिशनका रकम उठाउन परीचालन गरेको स्रोतको भनाई छ । उनीहरुसंग मिनेर पैसा कमाउनका लागी वडाअध्यक्ष गजेन्द्र पटेलले पनि बिकाश निर्माणको अनुगमनमा सहयोग गरेको स्रोतले जनाएको छ ।
वडाअध्यक्ष गजेन्द्र पटेल पैसा कमाउन पार्टी बिर्से
तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष गजेन्द्र पटेल गाँउपालिकाका वडाअध्यक्ष मध्ये पैसाका लागी चतुर वडाअध्यक्षको रुपमा चिनिने गरेको स्थानीयबासीले बताएका छन । वडाअध्यक्ष पटेल वडाअध्यक्षमा निवाचित भएदेखि एक पटक पनि पार्टीका नेता वा कार्यकर्ता संग सल्लाह नलिएको उनकै पार्टीका नेताहरु बताउँछन । उनी ‘एनि हाउ पैसा कमाउ’ भने उद्येश्यका साथ आफुलाई पार्टीमा नेकपाका अध्यक्ष र वडाअध्यक्ष प्रधानमन्त्री भन्दा ठुलो ठानेर नेताहरुको अगाडी प्रस्तुत हुन थालेको आरोप पार्टीका नेताहरुको छ । पटेल गाँउपालिकामा आफ्नो पार्टीबाट एक्लो निर्वाचित भएकाले पार्टीका नेताहरु भन्दा बढि ठुलो ठानेको उनकै नेतृत्वका एकजना वडासदस्यले बताए । गत साल गाँउपालिकाको बजेटमा पैसा कमाउनका लागी गाँउपालिका अध्यक्ष साहसंग कमिसनमा कुरा नमिलेपछि बिरोध गरेका उनी यसपटक संगै संगै गाडीमा घुमेर पैसा कमाएको वडा सदस्यको आरोप छ । उनका अनुसारका पार्टीका निति नियम र नेताहरुलाई आफु केहि नबुझेको बताउदै आएका छन । क्रमश