लहान असार
सिरहाको बरियारपट्टीमा आज एक दिने नसर्ने रोग सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।स्वास्थ्य चौकी बरियारपट्टीमा भएको नसर्ने रोग सम्बन्धी प्रशिक्षक जिल्ला जनस्वास्थ्यको अधिकृत सरोज कुमार कर्ण भने

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिजसमेत भन्ने गरिन्छ । पहिला–पहिला एसियालाई सरुवारोगको खानीका रूपमा परिभाषित गरिन्थ्यो । तर, आजभोलि यहाँका अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ । कारण नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूम्रपान-मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् । अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।

 बच्ने उपाय

 धूम्रपान–मध्यपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ । अत्यधिक रक्सी सेवनले कम्तीमा २ सय प्रकारका रोग लाग्ने सम्भावना रहन्छ । त्यस्तै, धूम्रपान गर्दा श्वासप्रश्वास, फोक्साको क्यान्सरलगायत जटिल समस्या देखा पर्छन् । – खैनी, गुट्का, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । जसबाट दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट बच्न सकिन्छ । – स्वस्थ रहन कम्तीमा पनि दैनिक आधा घन्टा व्यायाम गर्न जरुरी हुन्छ । नुन कम खान आवश्यक छ । खानामा दैनिक ५ ग्रामभन्दा कम नुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । – व्यक्ति स्वयंले आफ्नो जीवनशैलीमा ध्यान दिन सकेमा नसर्ने रोगबाट बच्न सकिन्छ ।

तथ्यांक बोल्छ

 विश्व स्वास्थ्य संगठनका अनुसार नेपाललगायत दक्षिण एसियाली मुलुकमा २५ प्रतिशत जनसंख्याको मृत्यु नसर्ने रोगबाट हुने गरेको पाइन्छ । त्यस्तै, दक्षिण–पूर्वी देशका जनता क्यान्सर, श्वासप्रश्वास, मधुमेह र मुटुरोगको उच्च चपेटामा परेको पाइन्छ । नेपालमा पनि हाल मृत्युको ठूलो कारण नसर्ने रोगलाई मानिन्छ । – सन् २०१६ मा नेपालमा गरिएको एक अध्ययनअनुसार ६६ प्रतिशत मानिसको मृत्युको कारण नसर्ने रोग हो । जसमा मुटुरोगका कारण मृत्यु हुनको संख्या ३० प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत रहेको थियो । साथै, अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष संतोष महतो,उपा अध्यक्ष रेखा कुमारी यादव,कार्यपालिका सदस्य,स्वाथ्य संयोजक रामनारायण सिंह,५ ओटै स्वस्थ्य चौकि प्रमुख,पत्रकार,समाजसेवि लगायस उल्लेखिय उपस्थिति थिए।

सम्वन्धित समाचार :