सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रदेश प्रहरी टोलीले छापामारी घरमा लुकाई राखेको ३८ बोरा युरिया खाद्य पक्राउ गरेको छ ।

नेपाल सरकारको राजस्व छली गरी भारतबाट लुकाई कलोबजारीमा विक्री वितरण गरिरहेको सूचनाको आधारमा बरियारपट्टी बजारमा किरान पसल गरीरहेको जिवछ चौधरीको घरबाट खाद्य पक्राउ गरेको हो ।

प्रकाउ गरेको खाद्य बरियारपट्टी भान्सार कार्यालयलाई बुझाएको छ । राजस्व छली तथा कलाबजारी ऐन अनुसार करवाही हुने प्रहरीले बताएको छ ।

नेपाल भारतका सीमा क्षेत्रमा यस्ता किरान पसलमा सरकारको राजस्व छली गरी कलोबजारीमा धेरै पसलहरु विक्री वितरण खुलायामा गरी रहेका छन । सरकारले पक्राउ मात्र नगरी मलखाद्यको सहजता पनि गराउनु पर्ने स्थानिय किसानहरुका तर्क रहेका छन ।

सम्वन्धित समाचार :