जिवछ उदासी
लहान,शहरी र ग्रामीण क्षेत्रलाई जोडने गरी कालोपत्रे सडक निर्माण कार्यलाई सिरहाका विभिन्न नगरपालिकाहरुले अगाडि बढाएको छ । सडक सञ्जाल निर्माण गरेर घण्टौ लाग्ने नगरवासीहरु आधा घण्टामै नगरपालिका पुग्ने गरी पीच सडक

निर्माणलाई प्राथमिकतामा राखेर सिरहाका लहान,धनगडीमाई,गोलबजार,सुखीपूर र मिचैया नगरपालिकाहरुले काम गरिरहेका छन् ।
नगरप्रमुख मुनि साह भन्नुहुन्छ, २४ वटा वडा भएको लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो । तर तुलनात्मक रुपमा बजेट सीमित हुन्छ । तैपनि लहानको ग्रामीण भेग र शहरी क्षेत्रलाई जोडन नगरपालिकाले भरमग्दूर प्रयास गरेकै हो । लहानको शहरी क्षेत्रबाट टाढा रहेका दक्षिण भेगका १९,२०,२१,२२ र २३ नम्वराट लहान आउन आधा घण्टाभित्र नगरपालिका कार्यालय आउने गरी सडक निर्माण कार्य भएको छ । उत्तरी भेगका १५,१६,१७,१८ नम्बर वडाका स्थानीयहरुलाई लहान नगरपालिकासँग नगर तथा वडाको बजेटबाट सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।

उत्तर–पश्चिमका वडाहरु १३,१४र २४ नम्बर मध्ये १३ र १४ मा कालोपत्रे यस वर्ष सम्पन्न हुनेछ भने ठूलो वडाको रुपमा रहेको लहान २४ लाई उद्येग ग्राम र पर्यटकीय क्षेत्र जोडनलाई सडक निर्माणको प्रदेश र संघीय सरकारसँग पहल भइरहेको छ । समग्रमा लहान नगरपालिकाको ग्रामीण र शहरी क्षेत्रलाई जोडने आफ्नो यहि पाँच वर्षे कार्यकालमा पूरा गर्ने गरी कार्य भइरहेको छ । लहान नगरपालिकाको उत्तरी पश्चिमी भेगमा पर्ने पहिलेको बस्तीपूर गाँउ विकास समिति अहिलेको लहान १३ र १४ नम्बर वडालाई जोडन लहान १० वाट सुरु भएको १० किलोमिटर कालोपत्र सडक निमर्काण कार्य अन्तर्गत यस वर्ष ३ किलोमिटर सम्पन्न भैसकेको छ । वाँकी ७ किलोमिटर पनि वर्षातपछि निर्माण हुने नगरपालिकाले जनाएको छ ।

gau nagar 2 photo
लहान नगरपालिकासँगै जोडिएको धनगडीमाई नगरपालिका पनि विकासको रफ्तार लिएको नगरप्रमुख हरि नारायण चौधरीले भन्नुभयो, धनगडीमाई नगरपालिकाका विकट पहाडी क्षेत्र र दक्षिणका समथर भूभाग रहेको यस नगरपालिकामा अहिलेसम्म लगभग २५ मिलोमिटर कालोपत्रे सडक निर्माण भैसकेको छ । गाँउलाई नगरसँग जोडने र नगरक्षेत्रलाई अझै सौन्दर्यकरण गर्न धनगडीमाई नगरपालिका अहोरात्र काम गरिरहेको छ । सडक सञ्जालको लागि यस नगरपालिकाले शुन्यबाट काम थाल्नी गरेको छ ।

gau nagar 2 photo 1
धनगडीमाई नगरपालिकादेखि दक्षिण जोडिएको सुखीपूर नगरपालिाका गाँउलाई बजार क्षेत्रसँग जोडन १३ किलोमिटर पीच सडक र ३ किलोमिटर ढलान गरेको नगरप्रमुख राम औतार यादवले जानकारी दिनु हुँदै भन्नुभयो,सुखीपूरको जनतालाई खुसी बनाउन सडक सञ्जालबाट जोड्न यस नगरपालिकाले पीच ढलान र ग्राभेल सडक तीन किसिमको योजना अघि सारेर काम गरिरहेको छ ।
धनगडीमाई नगरपालिकासँगै जोडिएको गोलबजार नगरपालिकाले अहिलेसम्म ३२ किलोमिटर पीच सडक निर्माण गरिसकेको छ नगरप्रमुख देव नाथ साहले जानकारी गराउादै भन्नुभयो, चुनावको वेला गरेको प्रतिवद्धता पूरा गर्न दृढ भएर काम गरिरहेका छौ । गोलबजारमा विकास देखेर विपक्षीहरु तर्सेर विकास रोक्न विभिन्न जालझेल गरेपनि जनताको साथ र समर्थन पाएर अघि बढिरहेका छौ । नगरपालिकाका कार्यालय १५ मिनेटमका आउने गरी सडक सञ्जाललाई अघि सारेका छौ ।

gau nagar photo 5
गोलबजार नगरपालिकासँग नगरपालिकासँग जोडिएको मिर्चैया नगरपालिकाका ग्रामीण भेगमा ७ किलोमिटर पीच सडक र ३ किलोमिटर ढलान सडक निर्माण भएको नगरप्रमुख श्रवण यादवले भन्दै मिर्चैयाको ग्रामीण भेगमा गरेको कामबाट स्थानीयहरु अति नै खुसी रहेको बताउनुभयो ।


उहाँको अनुसार प्रत्येक वर्ष पहाडबाट वर्षाको समयमा आउने वाढीले राजमार्गलाई नै कटान गरेर पुरयाउने क्षति रोक्न एडिवी को ८५ प्रतिशत र नगरपालिकाले १५ प्रतिशतको साझेदारीमा ५२ करोडको परियोजना आउन लागेको जानकारी दिनुभयो ।

सम्वन्धित समाचार :