वीरगन्ज,२४ असार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले वीरगन्जमा मोटरसाइकल रयाली बुधबार निकालेका छन । नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुले मोटरसाइकल रयाली निकालेका हुन । स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएर रयाली निकालेको बताएका छन् । प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

सम्वन्धित समाचार :