Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहामा यौन संरक्षण बन्दै प्रहरी

न्युजडेस्क न्युजडेस्क
२३ असार २०७७, मंगलवार
सिरहामा यौन संरक्षण बन्दै प्रहरी
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

सिरहामा प्रहरीकै मिलेमतो र संरक्षणमा होटल, लँज तथा विभिन्न ठाउँमा यौन धन्दा भैरहेको छ।

प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैकि काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नु पर्ने प्रहरी नै गलत बाटोमा हिंडिरहेकाहरुको सहयोग बन्यो भने त्यसलाई के भन्ने ?

गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लागे पनि सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन । तर, यहि नपच्ने कुरा नै
सिरहाको विभिन्न ठाउँहरुमा देख्न, सुन्न र भोग्न पाइन्छ । अहिले सिरहामा प्रहरीहरुकै संरक्षणमा विभिन्न स्थानमा यौनधन्दा चलिरहेको गुनासो सर्वसाधरणले गरिरहेका छन् ।

यस्तै विकृति रोकनका लागि संचारकर्मी पनि ज्यान लगाएर भिडेका छ्न । यस्ता कार्यहरु रोकन संचारकर्मी सिरहाको गोलबजार पुगेर विभिन्न होटलको छेउछाउबाट गोप्य निगरानी बढायो । संचारकर्मीको अपरेशन टिम गोलबजारस्थित मनोज लँज नजिक पुग्यो ।

अपरेशन टिमले त्यहाँका स्थानीयसँग सहयोग लिन खोज्यो । ‘गोलबजारमा यस्ता क्रियाकलाप नौलो होइन, यहाँ प्रहरीकै संरक्षणमा होटलहरुमा यौन धन्दा हुन्छ, अहिले पनि यो होटलमा ५–६ जोडी होला,’ एकजना स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने ।

अर्का एकजनाले पनि यस्तै बताए । होटल भित्रको माहोल र हाउभाउ देख्दा पनि उस्तै देखिन्थ्यो । होटल अगाडि नै प्रहरी बिट भएपनि अपरेशन टिमले ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीसँग समन्वय गर्न खोज्यो ।

त्यहाँका इन्चार्जसमेत रहेका पुरीलाई फोन गरे लगत्तै केहि मिनेटपछि मनोज लँजबाट ४–५ जोडी हत्तारहत्तार निस्केर टाप कसे । त्यसपछि प्रहरीको टोली आयो, होटल खानतलासी गर्यो । तर, उनीहरु त्यतिबेलासम्म भागिसकेका थिए ।

गोलबजारमा मात्रै होइन, सिरहाका ठूला बजार लहान, मिर्चैया, सिरहा लगायतका ठाउँमा सञ्चालित होटल तथा लँजहरुमा समेत खुल्लमखुल्ला यौनधन्दा हुन्छ ।

होटलमा कोहि नभेटेपछि प्रहरीको टोली फिर्ता भयो । त्यसपछि अपरेशन टिम गोलबजारमै सञ्चालित विकास लँज अगाडी झण्डै १ घण्टा बसेर भिडियो फुटेज लिइरहँदा एक युवती र एक पुरुष लँजबाट निस्के ।

लगत्तै प्रहरी आए, होटल खानतलासी गर्यो । खानतलासीपछि प्रहरीको टोलीले ब्यूरो अपरेशन टिमलाई घेरा हालेर ‘किन भिडियो लिनुभएको ? यो भिडियो डिलिट गरिदिनुस्, इन्सपेक्टर साबले भन्नुभएको छ’ भनेर भन्यो । अपरेशन टिमले भिडियो डिलिट गर्न मानेनन् ।

प्रहरीले डिलिट गर्न जिद्दी गरेपछि ‘ठिक छ, हामीले सिडिओ र एसपी साबसँग कुरा गर्दैछौं, कारण सोधेर डिलिट गरिदिन्छौं,’ भनेपछि प्रहरी त्यहाँबाट हिँडे ।

प्रहरीलाई जानकारी हुने वित्तिकै होटलबाट एकैचोटी ४–५ जना महिला र पुरुष निस्केर टाप कस्नुले र प्रहरीको हाउभाउले पनि यहाँ प्रहरीकै मिलेमतोमा यौनजन्य क्रियाकलाप हुने गरेको प्रष्ट हुन्छ । ‘हेर्नु भयो, तपाईले फोन गरे लगत्तै होटलबाट सबै भाग्यो, कसैले यस्ता क्रियाकलाप बारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पहिला होटल सञ्चालकलाई खाली गर्न लगाउँछ, अनि खानतलासी गर्न आउँछ, सिओर हुनुस्,’ स्थानीयले भने ।

स्थानीयहरुले यौनधन्दा हुने गरेको भनेर पटकपटक प्रहरीको ध्यानाकर्षण गराएपनि यौन धन्दा झन फष्टाउँदै गएको छ । होटल सञ्चालकले मासिक मोटो रकम बुझाएर प्रहरीको ‘मुख बन्द’ गराउँदै आएको स्थानीय बताउँछन् ।

गोलबजारमा मात्रै होइन, सिरहाका ठूला बजार लहान, मिर्चैया, सिरहा लगायतका ठाउँमा सञ्चालित होटल तथा लँजहरुमा समेत खुल्लमखुल्ला यौनधन्दा हुन्छ । तर, प्रहरी भने मुखदर्शक बनेर बसिरहेका देखिन्छन् । ती होटलहरूले मासिक रूपमा रकम बुझाउने गरेकै कारण प्रहरीले छापा नमारेको स्थानीय बताउँछन् (न्युज ब्यूरो बाट )



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२३ असार २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२३ असार २०७७, मंगलवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२३ असार २०७७, मंगलवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२३ असार २०७७, मंगलवार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२३ असार २०७७, मंगलवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२३ असार २०७७, मंगलवार
Next Post
बरियारपट्टीमा प्रतिबन्धित लागु औषध सहित मानिस पक्राउ

बरियारपट्टीमा प्रतिबन्धित लागु औषध सहित मानिस पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी