Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना संक्रमण

न्युजडेस्क न्युजडेस्क
२२ असार २०७७, सोमबार
दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना संक्रमण
9
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

दैलेख । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिका २ जना जनप्रतिनिधि र ७ जना नगरपालिकाका कर्मचारीसहित नौ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परिक्षण गर्दा ९ जनामा कोराना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको अवस्था सामान्य छ ।’ संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरुको स्वाब संकलन गरी परिक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको थियो । जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सेवा प्रवाहमा समस्या नगर प्रमुख रत्नबहादर खड्काले बताए । ‘असार मसान्त भएको र केही कर्मचारीमा कोरोना पुष्टि हुँदा कार्यालयलमा सयौंको संख्यामा सेवाग्राहीको भिड लाग्ने गरेको छ’, उनले भने ।

उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारणहरुलाई सेवा प्रवाहमा समस्या देखिएको सूचना अधिकारी प्रकाशकुमार बिसीले बताए । ‘कार्यालयबाट हुने कामका लागि नगरपालिका अगाडी टेबुल राखिएको छ । सेवाग्राहीहरुले टेबुलमा फाइलहरु जम्मा गर्नुहुन्छ । उक्त फाइलहरु दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाउने ब्यवस्था मिलाइएको छ । यसले गर्दा कार्यालयको सेवा प्रभावित भएको छ ।’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण पुष्टि
कोरोना भाईरसको संक्रमणबाट बच्न धमाधम भारतबाट घर फर्किएका व्याक्तिको क्वारेन्टाईनमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र स्वास्थ्कर्मी समेत कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका ३३ जना सुरक्षाकर्मी र ६ जना स्वास्थ्यकर्मी रहेका छन् ।

कोरोना पुष्टि हुनेमा २० जना सशस्त्र प्रहरी, ९ जना नेपाल प्रहरी र ४ जना नेपाली सेना गरी ३३ जना सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत थीरप्रसाद रेग्मीले बताए ।

कर्णाली प्रदेशमा सबभन्दा धेरै कोरोना संक्रमण फैलिएको दैलेख जिल्लामा पछिल्लो समय पीसीआर परीक्षणको दायरा बढाइएको छ । नारायण नगरपालिका आफैंले पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ । एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने कोरोना फोकल पर्सन रेग्मीले बताए । ‘एक लटमा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता छ, मेसिन दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ,’ रेग्मीले भने, ‘दिनमा दुई लट परीक्षण गर्न मिल्ने भएकाले १९६ वटासम्म परीक्षण हुन्छ ।’



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ असार २०७७, सोमबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ असार २०७७, सोमबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ असार २०७७, सोमबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ असार २०७७, सोमबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ असार २०७७, सोमबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ असार २०७७, सोमबार
Next Post
भारतमा संक्रमितको संख्या करिब सात लाख

भारतमा संक्रमितको संख्या करिब सात लाख

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

9 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी