Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बाबुरामले देखाएको त्याग मधेसी नेताहरुले देखाउन सक्छ ?

न्युजडेस्क न्युजडेस्क
२१ असार २०७७, आईतवार
बाबुरामले देखाएको त्याग मधेसी नेताहरुले देखाउन सक्छ ?
33
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

राजेश विद्रोही डाक्टर बाबुराम भट्टराईको जादुको छडी देखेर यतिबेला धेरै मान्छे पागलझैँ बनेका छन् । उनलाई तथानाम गाली गर्दै हिँडेका छन् । जसको कुनै सीमा छैन । अहिले पनि मधेसीलाई पहाडी शासकहरुले दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै छन्, डाक्टर बाबुराम भट्टराईलाई पनि त्यही नजरले हेर्दैछन् । लाग्छ उनीहरुलाई अब बाबुराम केही पनि होइन । जे थियो हिजो मात्र थियो । जतिबेला उनी यो भद्दा सरकारको केही महत्त्वपूर्ण जिम्मेवारीमा थिए । लामो कसरतपछि समाजवादी र राजपाको एकता निष्कर्षमा टुङ्गिएको छ । २५ गते विधिवत् रूपमा जनता समाजवादी पार्टी (जसपा) भएको छ । दल दर्ता भइसकेपछि विभिन्न रूपमा टीकाटिप्पणी आइरहेको छ जुन स्वाभाविक छ । खासगरी यो पार्टी एकतामा डाक्टर बाबुराम भट्टराईको चर्चा बढी छ । कसैले बाबुरामलाई ठूलो त्याग र अग्रगामी चेतका रूपमा लिएका छन् भने कसैले राजनीतिक रूपमा कहिले नउठ्नेगरी सकिएको रूपमा लिइरहेका छन् ।

मान्छेहरूले भनेजस्तै के बाबुराम सकिएकै हुन् ? कि देशमा बाबुरामले केही गर्न खोज्दैछन् ? यो गम्भीर विषय हो । यसलाई कमजोर आँक्नु हुँदैन । बाबुराम अहिलेका मात्र त्यागी मान्छे होइनन् सुरुदेखिकै त्यागी हुन् अनि विचारका दृढ । रत उनी बाबुराम । उनै बाबुराम आफ्नो पिएचडीलाई तिलाञ्जलि दिएर जनयुद्धमा होमिए । सायद यतिबेला बाबुरामसँग त्यो पिएचडीको सर्टिफिकेट खोज्ने हो भने भेटिने छैन् होला । विगतको राजनीतिक यात्रा त्यसपछि माओवादी हुँदै मधेस केन्द्रित राजनीतिसम्म आइपुग्दा बाबुरामको ठूलो राजनीतिक त्याग र समर्पण छ । त्यो त्याग र समर्पण बाबुरामको लागि होइन मुलुकको विविधतायुक्त समाज र त्यस किसिमको राजनीतिक सत्ता र सरकार निर्माणका लागि हो भन्ने कुरा अब सहजै बुझ्न सकिन्छ । मधेसको राजनीति जुन अप्ठ्यारोमा फसेको थियो त्यो अप्ठ्यारोबाट उम्केको छ । नयाँ फड्को मार्न सफल भएको छ । यो एकता अभियानलाई जसपाले सफल पार्नै पर्छ । जसपा अरू राजनीतिक दलभन्दा फरक बन्नै पर्छ । फरक त्यो हिसाबले बन्नुपर्छ जुन हिसाबको राजनीतिक आवश्यकता मुलुकले खोजेको छ । तराई मधेस र हिमाल पहाडको वास्तविक एकतालाई जोड्नैपर्छ । अनि मात्र यो एकताको वास्तविकता झल्किनेछ । नभए नयाँ बोतलमा पुरानो रक्सीको कथा हुनेछ । मधेसको राजनीति जुन अप्ठ्यारोमा फसेको थियो त्यो अप्ठ्यारोबाट उम्केको छ । नयाँ फड्को मार्न सफल भएको छ । यो एकता अभियानलाई जसपाले सफल पार्नै पर्छ । जसपा अरू राजनीतिक दलभन्दा फरक बन्नै पर्छ । फरक त्यो हिसाबले बन्नुपर्छ जुन हिसाबको राजनीतिक आवश्यकता मुलुकले खोजेको छ । तराई मधेस र हिमाल पहाडको वास्तविक एकतालाई जोड्नैपर्छ । अनि मात्र यो एकताको वास्तविकता झल्किनेछ । नभए नयाँ बोतलमा पुरानो रक्सीको कथा हुनेछ । मधेसी नेतृत्वको एकताले मुलुकको धेरै आवश्यकता पूरा गर्नुपर्ने छ । जुन आवश्यकतामाथि केही पहाडी शासकहरुले आफ्नो निहित स्वार्थपूर्तिका लागि प्रयोग गर्दै आएका छन् । त्यसैले यो एकता मधेसीको एकता मात्र होइन पहाडीको एकता पनि हो । मधेस पहाडलाई जोड्ने राजनीतिक एकताको अभियान हो । तराई मधेस, हिमाल, पहाडको विविधतालाई जोडेर नयाँ राष्ट्रिय एकताको इतिहास रच्ने कोसेढुङ्गा हो । त्यसैले मधेसी नेताहरुले बाबुरामबाट त्याग र समर्पण त लिए । तर उनीहरुको पनि त्याग र समर्पणको दिन आइसकेको छ । यसका लागि उनीहरु तयार छन् ? मधेस राजनीतिको एकताबाट दुनियाँ चकित छन् । र, उनीहरू विभिन्न आरोप लगाइरहेका छन् । प्रयास गरे दुनियाँमा असम्भव केही पनि छैन भन्ने सन्देश एकताले दिएको छ । जसरी मधेसमा बाबुराममाथि ठूलो शङ्का थियो । पटक पटकको बाबुरामको त्याग, समर्पण र प्रयासले यतिबेला सबै कुरा किनारा लागेको छ । जसरी खस शासकहरुले मधेसलाई चिड्याएको थियो त्यसरी नै बाबुरामले आफ्नो हातबाट त्यो हैसियत दिलाउन सफल भएका छन् । परिवर्तनमुखी राजनीतिक आन्दोलनमा पदप्रतिष्ठा सहायक कुरा हुन्, मुख्य कुरा त सही राजनीतिक कर्यदिशा र दृष्टिकोण नै हुन् । जसमा वास्तविक समाज अडेको छ । आगामी दिनमा र निर्वाचनमा मधेसभित्रका दलित महिला लगायतका सीमान्तकृत वर्ग र समुदायलाई ठाउँठाउँबाट प्रत्यक्ष निर्वाचित गराउनेदेखि समानुपातिक प्रणालीलाई शतप्रतिशत प्रयोग गर्ने, राज्य र सरकारको वैधानिक कुर्सीमा उल्लेखनीय रूपमा सहभागी गराउने र आफ्नो अधिकार आफ्नै समाजमा स्थापित गर्न लगाउने, पार्टीभित्र काखापाखा नगरी सक्षम दलित महिला लगायतका नेतृत्वलाई अगाडि ल्याउने र वैकल्पिक नेतृत्वको रूपमा स्थापित गर्ने जस्ता जोखिमपूर्ण काम जसपाले गर्नुपर्छ । त्यसो गर्न सकिएन भने यो राजनीतिक एकता र अभियानको अर्थ रहँदैन । त्यसैले बाबुराम र उनको त्यागबाट जसपाका अन्य नेतृत्वहरुले पाठ सिक्नैपर्छ । मधेस राजनीतिको एकताबाट दुनियाँ चकित छन् । र, उनीहरू विभिन्न आरोप लगाइरहेका छन् । प्रयास गरे दुनियाँमा असम्भव केही पनि छैन भन्ने सन्देश एकताले दिएको छ । जसरी मधेसमा बाबुराममाथि ठूलो शङ्का थियो । पटक पटकको बाबुरामको त्याग, समर्पण र प्रयासले यतिबेला सबै कुरा किनारा लागेको छ । जसरी खस शासकहरुले मधेसलाई चिड्याएको थियो त्यसरी नै बाबुरामले आफ्नो हातबाट त्यो हैसियत दिलाउन सफल भएका छन् । धेरैले यो एकतालाई दिगो रूपमा लिन अहिले पनि हिचकिचाइरहेका छन् । उनीहरु नाटकको संज्ञा दिइरहेका छन् । तथापि अन्य राजनीतिक दललाई चुनौती थपिदिएका छन्, यो एकताले र नेकपालाई पनि चुनौती थपिदिएका छन् । मधेसमा उत्पीडित समुदायको नेतृत्वलाई स्थापित गर्ने जिम्मेवारी पनि मधेसी नेतृत्वहरुको काँधमा आएको छ । जसरी बाबुरामले त्याग र समर्पण गरे, आफ्नो इमानदारीपूर्वक भूमिका निर्वाह गरे त्यसरी नै अब उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतकाले मधेसका उत्पीडित वर्गको हातमा नेतृत्व स्थापित गर्ने भूमिका निर्वाह गर्नुपर्छ । मधेसमा यही प्रश्न यतिबेला उठिरहेका छन् कि बाबुरामले त देखाए अनि उनीहरुले चाहिँ कहिले देखाउने ? के यसका लागि पनि मधेसी नागरिकले समय पर्खिनु पर्छ ?



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२१ असार २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२१ असार २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२१ असार २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२१ असार २०७७, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२१ असार २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२१ असार २०७७, आईतवार
Next Post
गोलबजारमा लागु औषध सहित एक जना पक्रउ

गोलबजारमा लागु औषध सहित एक जना पक्रउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी