राजेश बिद्रोही लहान असार २१। जनता समाजवादी पार्टीले सप्तरीको खड्क नगरपालिका बजारमा सरकारले ल्याएको अंगीकृत नागरिकता एन विरुद्धको र्यालीमा पहाडबाट सहभागी भएका छन् । केही समयदेखि चर्चामा रहेका कमरेड पहाडबाबाले दुबै हातमा झन्डा बोकेर विरोध र्यालीमा सहभागी भएपछि सबैको ध्यान तानिएको थियो । पहाड बाबा दशवर्षे जनयुद्धका प्लाटुन सैनिय कमाण्डर थिए । नेतृत्वले गद्दारी गरेपछि उनी साधु बनेर समाजको सेवा गर्ने अठोट लिदै आएको छ । शुक्रबार सप्तरीको कल्याणपुर बजारमा जसपाले नागरिकता एन विरुद्धको कार्यक्रममा धनुषाको झिझा गाउँबाट सहभागी हुन आएका थिए । बाबालाई हामीले सोधेका थियौं, यो र्यालीमा तपाईंको सहभागिता कसरी भयो ? उनले भने, नेकपा सरकारले ल्याएको नागरिकता एेन मधेसी जनताको विरुद्धमा छ । नेपालको नागरिकतासँग मधेसी जनता र भारतीय जनताको सांस्कृतिक सम्बन्ध छ । जसलाई सरकारले तोडेर ठूलो गलती गरेको छ । त्यसैले नागरिकता भन्दा पनि आफ्नो मधेसको संस्कृति नागरिकता जोगाउन आन्दोलनमा सहभागी भएको बताएका

सम्वन्धित समाचार :