कर्जन्हा, २१ असार । कमला सिचाइ याेजना व्यवस्थापन कार्यालय धनुषाद्वारा आज सिरहाकाे कमला ब्यारेजमा वृक्षारोपण गरिएको छ । कमला सिचाइ याेजना व्यवस्थापन कार्यालय धनुषाकाे प्रमुख बिनय कुमार गामिकाे अध्यक्षता र कर्जन्हा नगरपालिकाकाे प्रमुख गंगा पासमानकाे प्रमुख अतिथ्यमा भएकाे प्रदुषण न्यूनीकरणकाे लागि वृक्षारोपण गरि वातावरण संरक्षण कार्यमा नगरपालिकाकाे उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ लगायतका विभिन्न व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । प्रदुषण न्यूनीकरणकाे लागि वृक्षारोपण गरि वातावरण संरक्षण कार्यक्रम अन्तर्गत कमला ब्यारेककाे पुर्व तर्फ सयाैं वृक्षारोपण गरिएकाे छ भने पिकनिक स्पाेट र हावामहल लगायतका विभिन्न भाैतिक निर्माणका कार्यहरु भइरहेकाे स्थानीय लालि यादवले बताए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख पासमानले भने, बर्तमान अवस्थामा मानवजातिकाे स्वास्थ्य खतरामा रहेकाले वृक्षा राेपन कार्य अति आवश्यक भएकाे बताए । कर्जन्हा नगरपालिकाकाे यस व्यारेकमा वृक्षाराेपन गरि साैन्दर्य करणका लागि पिकनिक स्पाेर्ट, भाेला बाबाकाे मन्दिर, विद्युत जडान, विवाह मण्डप स्थल निर्माण, रंगराेगन लगायतका विभिन्न कार्य यथासिघ्र सुरुहुने प्रतिबद्धता जनाएका हुन । अहिलेकाे अवस्थामा भाैतिक निर्माणकाे कार्यमा मात्र जाेड नदिएर वृक्षा राेपन लगायत वातावरण सुदृढीकरणकाे कार्यमा जाेड दिनुपर्ने र आफु नगर प्रमुख संग सहकार्य गरि विभिन्न कार्य गर्न तैयार रहेकाे बताए । सिचाइमा रहेकाे समस्या र नहर तथा कमला बाँधमा रहेकाे विभिन्न समस्या समाधानका लागि हामी नगर प्रमुख पासमान संग सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जनाए ।

सम्वन्धित समाचार :