विजय सिंह काठमाण्डौं :  हिन्दूबादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले  परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्ज र काठमाडौंमा प्रदर्शन गरेको छ ।
अभियानका अभियानकर्ताहरुले बुधबार वीरगञ्जको घण्टाघर चोकमा भेला भई परराष्ट्रमन्त्रीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागि युवाहरुले ‘ भ्रष्टचारी सरकार मुर्दावाद, राष्ट्रघाती सरकार मुर्दावाद, चिनियाँ विस्तारबाद मुर्दावाद, चीनले अतिक्रमण गरेको जग्गा फिर्ता गर, परराष्ट्रमन्त्री राजीनामा दे,’ लगायत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

राष्ट्रिय एकता अभियानका संयोजक यादवले नेपाल चीन सीमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको अभिव्यक्ति गैरजिम्मेवारी भएकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ता विरोधी मात्र नभई त्यसले नेपालको विखण्डनवादी शक्तिहरुलाई मलजल पु¥याउने काम गरेको उनले आरोप लगाए ।
‘भारतले हाम्रो कालापानी, लिपुलेक र लिपुवाधारा अतिक्रमण गरेको भन्दै आक्रमक रुपमा विरोध गर्ने तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा हामी किन यति उद्दारवाद बनेका हौं,’ उनले भने – ‘के हामी चाईनाको गुलामी गरेका हौं, ‘हौइन भने चीनले अतिक्रमण गरेको रुई गाउँ पुरै फिर्ता गर्नुपर्छ ।’

रुई गाँउलाई चीनतर्फ नेपालको भूभागमा पार्न सहयोग पु¥याएका सम्बन्धित सबै व्यक्तिहरु माथि राष्ट्रद्रोहको मुद्दा लगाएर अबिलम्ब कारवाही गर्नुका साथै रुई गाउँलाई नेपालको नक्सामा पारी नयाँ नक्सा प्रकाशित गर्न माग समेत उनले गरे ।

सम्वन्धित समाचार :