Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चिकित्सकको लापरवाहीले १८ महिनादेखि ओछ्यानमै

न्युजडेस्क न्युजडेस्क
१७ असार २०७७, बुधबार
चिकित्सकको लापरवाहीले १८ महिनादेखि ओछ्यानमै
27
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

रामभरोश यादव

सिरहा । सिरहा धनगढीमाई नगरपालिका–८ का प्रदीप यादव पछिल्लो डेढ वर्षदेखि ओछ्यानमा छन् । दुर्घटनामा परी भाँचिएको खुट्टाको उपचारमा लापरवाही हुँदा निको नभएपछि उनी ओछ्यानमै थला परेका हुन् ।

जनता माध्यामिक विद्यालय धनगढीमाई नगरपालिका–७ अयोध्यानगरका प्राथमिक तहका शिक्षक यादव विद्यालयबाट गोलबजार आउने क्रममा २०७5 पुस २४ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको बायाँ खुट्टा भाँचिएपछि हिँडडुल गर्न नसक्ने भएका हुन् ।

दुर्घटना भएकै दिन स्थानीय स्वास्थ्यकेन्द्रमा प्राथमिक उपचारपछि यादवले विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टि एक्सप्यासीटिलिटी हस्पिटल प्रा.लि. मा ९ महिनासम्म उपचार गराए । भर्ना भएकै भोलिपल्ट अप्रेशन गरेर उपचार सुरु गराएका यादवले लगातार ९ महिनासम्म उक्त अस्पताल र त्यहाँका चिकित्सकको विश्वासमा उपचार गराई करिव ९ लाख रुपैयाँ खर्च गरे । 

उपचारको शिलशिलामा २०७६ कार्तिक ७ गते विराटनगर पुग्दा उपचारमा संलग्न चिकित्सक नविन कुमार कर्णले भाँचिएको हाड ठिक भएको भन्दै मासु भराउन कीर्तिपुर जान सल्लाह दिएको यादवको भनाइ छ ।  डा. कर्णकै सल्लाहअनुसार कार्तिक १४ गते कीर्तिपुर पुग्दा भाँचिएको हाड नै काम नलाग्ने अवस्थामा पुगेको भनेपछि आफू छाँगाबाट खसेजस्तै भएको यादवले सुनाए । 

डा. कर्णले प्लाटिक सर्जरीका लागि सिफारिस गरे पनि कीर्तिपुर पुग्दा चिकित्सकले हाडकै उपचार जरुरी रहेको बताएपछि पछिल्लो ९ महिनादेखि उनी बिएण्डबी अस्पतालमा उपचार गराईरहेका छन् । विराटनगरमै सही उपचार नभएकाले लामो समयसम्म उपचार गराउनु परेको उनको आरोप छ ।

विराटनगरको न्यूरो अस्पतालका डाक्टरहरुको लापर्वाहीका कारण यो अवस्था आएको यादवले बताए । उनले भने, ‘मैले दुर्घटना भएकै दिनदेखि न्यूरोमा उपचार गराएँ, त्यहाँ ठिक भएको भन्दै प्लाष्टिक सर्जरी गर्न पठाए, प्लाष्टिक सर्जरीका लागि पुगेपछिमात्र उपचार सही नभएको थाहा पाएँ ।’

समयमा सही उपचार नहुँदा लामो समय ओछ्यानमात्रै पर्नु परेन, आफ्नो ठूलो धनराशी खर्च भएको पनि यादवले सुनाए । उनले भने, ‘मैले यो खुट्टाको पछिल्लो १८ महिनादेखि विराटनगर र काठमाडौंमा उपचार गराईरहेको छु, करिव २० लाख रुपैयाँ खर्च भइसक्यो, अहिले बल्ल सुधार भएको हो कि भन्ने भएको छ ।’

विराटनगरस्थित अस्पतालले सही उपचार नगर्दा आफूले दोहोरो सास्ती पाएको उनी बताउँछन् । ‘अस्पतालले ठिक भयो भनेपछि मैले दुर्घटनाका विपक्षीसँग मिलापत्र गरेँ,’ उनले भने, ‘तर उपचार मै लापरवाही भएकाले न म ठिक भएँ, न त अब मैले व्यहोर्नुपरेको खर्च नै दुर्घटनाका विपक्षीबाट पाउने कानुनी आधार रह्यो ।’ डाक्टरले उपचार पुरा भईसक्यो भनेपछि किन अरुलाई दुःख दिने भनेर मिलापत्र गर्दा अहिले आफू यो अवस्थामा पुगेको उनको भनाइ छ ।

आफ्नो जागिरको थोरै रकमले परिवार चलाउँदै आएका यादवले स्थानीय सहकारी, लघुवित्त संस्थाहरुबाट ऋण लिएर उपचार गरिरहेको सुनाए । उनले भने, ‘अहिले पनि उपचार हुँदैछ, धेरै वित्तीय संस्थाहरुबाट ऋण लिएको छु र कतिपय साथीहरुसँग पनि सरसापटी लिएर चलाईरहेको छु ।’ 

यता, यादवको उपचारमा संलग्न विराटनगर न्यूरो अस्पतालका डा. नविन कर्णले भने आफूले गर्नुपर्ने सवै उपचार पुरा गरेको दावी गरे । उनले भने, ‘आफ्नो तर्फबाट गर्न सक्ने सवै उपचार गरिसकेका थियौं, उहाँलाई प्लाष्टिक सर्जरीको लागि पठाएका हौं, प्लाष्टिक सर्जरी गरेपछि बाँँकी घाउ आफै निको हुँदै जाने थियो ।’

डा. कर्णले यादव सुगर रोगका बिरामी भएकाले पनि उपचारमा लामो समय लागेको सुनाए । 



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१७ असार २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१७ असार २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१७ असार २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१७ असार २०७७, बुधबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

१७ असार २०७७, बुधबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१७ असार २०७७, बुधबार
Next Post
चीनले भुमी मिचेको भन्दै हिन्दू गणतन्त्रबादीको प्रदर्सन

चीनले भुमी मिचेको भन्दै हिन्दू गणतन्त्रबादीको प्रदर्सन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी