जिवछ उदासी असार १५, २०७७ लहान,नेकपाको केन्द्रीय सदस्य तथा धनगडीमाइ नगरपालिका प्रमुख हरिनारायण चौधरीले प्रेस संगठन सिरहाको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मिशन पत्रकारितामा लाग्न सुझाव दिनु भएको छ ।

प्रेस चौचारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन सिरहाको एकतापछि पहिलो बैठक सोमबार धनगडीमाई नगरपालिकाको जिरोमाइलमा बसेको बैठकलाई सम्बोधन गर्नु भएको हो ।

अन्य संगठनको पत्रकारभन्दा प्रेस संगठनको पत्रकार फरक शैलीमा प्रस्तुत भएर सत्य तथ्य खोजी गरेर मिशन पत्रकारिताको अवश्यक्ता रहेको भन्दै आफ्नै दलको नेताले गलती गरेको छ भने लेख्नुपरयो तर लेख्ने क्रममा बनावटी र सजवावटी तथ्यहरु नभएर यथार्त लेख्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस संगठनका पत्रकारहरुलाई पनि स्वतन्त्रा,सुविधा र सुरक्षाको आवश्यक्ता छ । पार्टीकै वकालत गरेर हिडनुपर्ने बाध्यता त छैन तर प्र्ेस .संगठन नेकपाको भातृ संगठन भएकोले नेकपा मजवूत भए प्रेस संगठन पनि मजवूत रहने विषयलाई विर्सन नहुने बताउनुभयो ।

पत्रकार महासंंघको चुनाव आउन लागेकोले प्रेस संगठनले संगठन शुदिकरण र सदस्यता प्राप्तीको लागि सजग रहनुपर्ने प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप सिंहले राख्नुभयो । बैठकमा प्रेस संगठनका प्रदेश २ का संयोजक हिरालाल चौधरी,सदस्यहरु रामानन्द गुप्ता,अनुरुद ठाकुर र आशिश विश्वकर्माले समेत धारणा राख्दै नियमित बैठक र संगठन सुदृढीकरणमा लाग्नुपर्ने सुझाव राख्नुभयो ।

सम्वन्धित समाचार :