एजेन्सी : भारतको पञ्जाबको घातक प्लाटुनका मित गुरतेज सिंहले पूर्वी लद्दाखको गलवान भ्यालीमा चार चिनियाँ सेनालाई घिसारेर मैदानमा ल्याएका थिए ।
१५-१६ जूनमा चिनियाँ सेना एलएसी पार गरेर भारतीय क्षेत्रमा प्रवेश गरेपछि भारत-चीनबीच हिंसात्मक झडप भएको थियो ।
उक्त झडपमा बिहार रेजिमेन्टमा १६ जना सैनिकलाई चिनियाँले मारेपछि आक्रोशित बनेका मित गुरतेजले घिसारेर ल्याउँदै गर्दा उनी खोचमा फसेका थिए । उक्त खोचमा फस्दा उनको टाउकोबाट रगत बगिरहे पनि उनले चारजनालाई छोडेनन् ।
उनले एक्लै १२ चिनियाँलाई मारेको र आफूले पनि शहादत प्राप्त गरेको बताइएको छ । २३ वर्षीय मिर गुरतेज सर्वोच्च शहादत प्राप्त गरेका छन् ।
© 2024: Sima Post | All right reserved | Privacy Policy