वीरगन्ज,४ असार
लकडाउनमा मस्जिदमा भीड नगर्न आग्रह गरेकै निहुमा एक परिवारलाई वडा अध्यक्षले समाजबाट बहिष्कार गरेको निर्णय , राष्ट्रिय मुस्लिम आयोगको सक्रियता फिर्ता भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरका राज महम्मद र उनको परिवारलाई वडा अध्यक्ष हबिब मियाँले समाजबाट बहिष्कार गरेपछि राष्ट्रिय मुस्लिम आयोगको सक्रियता देखाएर सल्टाएको हो ।
बिहिबार राष्ट्रिय मुस्लिम आयोग पत्रिपत्र अनुसार जिल्ला कमिटी पर्साका प्रतिनिधि ग्यासुदिन मियाँ , राष्ट्रिय मुस्लिम आयोग केन्द्रि सचिवालय सदस्य मोबिन आलम , मंजुर आलम र बारा जिल्ला प्रतिनिधि जबिल्लाह मियाँकाको बिशेष पहलमा सल्टेको राष्ट्रिय मुस्लिम आयोगको जिल्ला कमिटी पर्साले निकालेको प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ ।
आइतबार परवानीपुरको महम्मदटोल स्थित मस्जिदमा वडा अध्यक्ष मियाको अगुवाइमा बसेको गाउँले भेलाले राजमहम्मदको परिवारलाई समाजबाट बहिष्कार गर्ने निर्णय गरेको थियो । भेलामा वडा अध्यक्ष मियाले राजमहम्मदको परिवारलाई समाजबाट बहिष्कार गरिएकाले उनी र उनको परिवारसँग कुनै लेनदेन र सहयोग नगर्न उर्दी पनि जारी गरेका थिए ।