मनोज बनैता
लाहान, ४ अषाढ । समयको बहाब संगै मधेशमा पनि परिवर्तन को दियो बलेको ठाउँ ठाउँको घटनाले देखाएकै छ । जन्मदिन मनाउन लाखौं खर्चिने शहरीया समाजलाई कोरोनाको संकटले संबेदनसिल बनाएको छ । हाल कतिपय शहरीयाले जन्मदिन कक्टेल पार्टीमा लाखौं खर्चिनु भन्दापनी उक्त रकम समाज कल्याणकारी कार्यमा लगाईरहेको पाईएको छ ।
हालमै लाहान १ निवासी कैलास चौधरीले आफ्नो धर्मपत्नी सिम्पी चौधरीको जन्मदिन गरिब मजदुरलाई खाद्यान्न बितरण गरि मनाएको खबर प्राप्त भएको छ । सिम्पी ले भनिन ुजन्मदिन जति रमाईलो समाज कार्य गर्दा हुन्छ त्यति वहियातको पार्टी गरेर हुदैन मैले यस पटक अनुभव गरें ।ु
सिम्पीको श्रीमान कैलास चौधरीले कोरोना कहरको बेला दैनिक ज्यालादारी गरि खाने परिवारलाई केही मात्र अन्न प्रदान गर्न सकेकोमा आफुहरु धेरै सन्तुष्ट भएको बताए । चौधरी परिवार द्वारा २२ घरधुरीलाई लक्षित गर्दै प्रती परिवार १० केजी चामल, १ केजी दाल, १ पैकेट तेल, १ पैकेट नुन र आधा केजी सोयाबिन बाँडेका हुन । कैलासका जेठो दाई शंकर चौधरीले भने हामीले जति गर्न सक्यौं त्यति गर्यौ र पछि पनि समाजप्रतिको हाम्रो लगाव कायमै रहनेछ । उनले स्थानिय पालिकालाई समेत अझ संबेदनसिल हुन आग्रह गरेका छन ।